७ आश्विन २०८३, बुधबार | September 23, 2026

कति डिग्री सेल्सियससम्म कोरोनाले संक्रमण फैलाउँछ ? वैज्ञानिकको नयाँ अध्ययन



एजेन्सी । कोरोना भाइरसको संक्रमणलाई लिएर विभिन्न प्रकारका अध्ययन अनुसन्धान चलिरहेका छन् । नयाँ नयाँ अनुसन्धानले कोरोना भाइरसका विभिन्न नयाँ तथ्य सार्वजनिक गरिरहेको छ ।

फ्रान्सेली वैज्ञानिकको टोलीले कोरोना भाइरस कति तापक्रममा बस्न सक्छ ? भन्ने विषयमा अनुसन्धान गरेका छन् । पहिलो धेरै तापक्रम हुने मौसममा कोरोना भाइरसको संक्रमण नहुने दावी गरिएको थियो । अनुसन्धानले यसलाई अस्वीकार गरेको साउथ चाइना मनिङ पोष्टमा उल्लेख छ ।

दक्षिण फ्रान्सका एइक्स मार्सिएले विश्वविद्यालयका प्रोफेसर रेमी शेरेल र उनका साथीहरुसँग मिलेर कोरोना भाइरस र तापक्रमका विषयमा विभिन्न जानकारी प्रस्तुत गरेका छन् ।

रेमीले यो टेस्टका क्रममा कोरोना भाइरसले ६० डिग्री सेल्सियससम्म पनि संक्रिय रहेको पाइएको छ । ६० डिग्री सेल्सियस तापक्रममा झण्डै डेढ घन्टासम्म परीक्षण गर्दा पनि रोग सार्न सक्षम भएको पाइएको छ । ६० डिग्री सेल्सियससम्म पनि भाइरस निष्क्रिय हुन सम्भव नभएको पाइएको अध्ययनको निष्कर्ष छ ।

नेपाल लगायतका दक्षिण एसियाली देशमा गर्मी मौसममा कोरोना भाइरसको संक्रमण कम हुने अनुमान गरिएको थियो । यो आशामा अनुसन्धानको निष्कर्षले तुफान नै ल्याइदिएको छ । नेपालको तराइ क्षेत्रमा गर्मी मौसममा तापक्रम ४० देखि ४५ डिग्रीसम्म पुग्ने गर्छ । यस्तोमा भाइरस निष्क्रिय हुने अनुमान थियो ।

वैज्ञानिकको टोलीले यस अनुसन्धानका लागि अफ्रिकामा पाइने बाँदरको विशेष प्रजातिमा परीक्षण गरेका थिए । बर्लिनमा रहेका कोरोना आइसोलेट बिरामीको शरीरबाट ल्याइएको भाइरस बाँदरमा संक्रमण गरेर तापक्रमका विषयमा परीक्षण गरिएको थियो ।

सरसफाइ भएको ठाउँमा धेरै तापक्रम हुँदा भाइरस मर्ने र फोहोर ठाउँमा धेरै तापक्रम सहनसक्ने गरेको पाइएको अध्ययन प्रतिवेदनमा उल्लेख छ । तापक्रम धेरै हुँदा भाइरस थोरै कमजोर भएको पाइए पनि नियन्त्रणमा भने समस्या देखिएको छ । ६० डिग्रीसेल्सियससम्मको तापक्रममा कोरोना भाइरसले सजिलैसँग संक्रमण फैलाउन सक्ने देखिएको छ ।

फ्रेन्च वैज्ञानिकहरुले ओभरहिटिङ तापक्रमको माध्यमबाट भाइरस नियन्त्रण गर्न सकिने सुझाव पनि दिएका छन् । ९२ डिग्री सेल्सियसमा राख्दा १५ मिनेटमा भाइरस पूर्णरुपमा नष्ट भएको पाइएको छ । फ्रान्समा मृत्यु हुनेको संख्या झण्डै १६ हजार पुगेको छ ।

प्रकाशित मिति : ३ बैशाख २०७७, बुधबार  ८ : ५९ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज