१५ जेष्ठ २०८०, सोमबार | May 30, 2023

कति डिग्री सेल्सियससम्म कोरोनाले संक्रमण फैलाउँछ ? वैज्ञानिकको नयाँ अध्ययन



एजेन्सी । कोरोना भाइरसको संक्रमणलाई लिएर विभिन्न प्रकारका अध्ययन अनुसन्धान चलिरहेका छन् । नयाँ नयाँ अनुसन्धानले कोरोना भाइरसका विभिन्न नयाँ तथ्य सार्वजनिक गरिरहेको छ ।

फ्रान्सेली वैज्ञानिकको टोलीले कोरोना भाइरस कति तापक्रममा बस्न सक्छ ? भन्ने विषयमा अनुसन्धान गरेका छन् । पहिलो धेरै तापक्रम हुने मौसममा कोरोना भाइरसको संक्रमण नहुने दावी गरिएको थियो । अनुसन्धानले यसलाई अस्वीकार गरेको साउथ चाइना मनिङ पोष्टमा उल्लेख छ ।

दक्षिण फ्रान्सका एइक्स मार्सिएले विश्वविद्यालयका प्रोफेसर रेमी शेरेल र उनका साथीहरुसँग मिलेर कोरोना भाइरस र तापक्रमका विषयमा विभिन्न जानकारी प्रस्तुत गरेका छन् ।

रेमीले यो टेस्टका क्रममा कोरोना भाइरसले ६० डिग्री सेल्सियससम्म पनि संक्रिय रहेको पाइएको छ । ६० डिग्री सेल्सियस तापक्रममा झण्डै डेढ घन्टासम्म परीक्षण गर्दा पनि रोग सार्न सक्षम भएको पाइएको छ । ६० डिग्री सेल्सियससम्म पनि भाइरस निष्क्रिय हुन सम्भव नभएको पाइएको अध्ययनको निष्कर्ष छ ।

नेपाल लगायतका दक्षिण एसियाली देशमा गर्मी मौसममा कोरोना भाइरसको संक्रमण कम हुने अनुमान गरिएको थियो । यो आशामा अनुसन्धानको निष्कर्षले तुफान नै ल्याइदिएको छ । नेपालको तराइ क्षेत्रमा गर्मी मौसममा तापक्रम ४० देखि ४५ डिग्रीसम्म पुग्ने गर्छ । यस्तोमा भाइरस निष्क्रिय हुने अनुमान थियो ।

वैज्ञानिकको टोलीले यस अनुसन्धानका लागि अफ्रिकामा पाइने बाँदरको विशेष प्रजातिमा परीक्षण गरेका थिए । बर्लिनमा रहेका कोरोना आइसोलेट बिरामीको शरीरबाट ल्याइएको भाइरस बाँदरमा संक्रमण गरेर तापक्रमका विषयमा परीक्षण गरिएको थियो ।

सरसफाइ भएको ठाउँमा धेरै तापक्रम हुँदा भाइरस मर्ने र फोहोर ठाउँमा धेरै तापक्रम सहनसक्ने गरेको पाइएको अध्ययन प्रतिवेदनमा उल्लेख छ । तापक्रम धेरै हुँदा भाइरस थोरै कमजोर भएको पाइए पनि नियन्त्रणमा भने समस्या देखिएको छ । ६० डिग्रीसेल्सियससम्मको तापक्रममा कोरोना भाइरसले सजिलैसँग संक्रमण फैलाउन सक्ने देखिएको छ ।

फ्रेन्च वैज्ञानिकहरुले ओभरहिटिङ तापक्रमको माध्यमबाट भाइरस नियन्त्रण गर्न सकिने सुझाव पनि दिएका छन् । ९२ डिग्री सेल्सियसमा राख्दा १५ मिनेटमा भाइरस पूर्णरुपमा नष्ट भएको पाइएको छ । फ्रान्समा मृत्यु हुनेको संख्या झण्डै १६ हजार पुगेको छ ।

प्रकाशित मिति : ३ बैशाख २०७७, बुधबार  ८ : ५९ बजे

खजुरामा धुमधामका साथ मनाइयो गणतन्त्र दिवस

खजुरा । १६ औ गणतन्त्र दिवसलाई खजुरा गाउँपालिकाले बृहत कार्यक्रम

अव करदाताले क्युआर कोड सहितको कर चुक्ता प्रमाणपत्र लिन सक्ने

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षमा राजश्व प्रशासनलाई व्यापक सुधार

तयारी वस्तुमा भन्दा कच्चा वस्तुको आयातमा एक तह कम भन्सार लाग्ने

काठमाडौं । सरकारले तयारी वस्तुको तुलनामा कच्चा पदार्थ आयातमा लाग्ने

भारत भ्रमणबारे प्रधानमन्त्रीले गराए संसदलाई जानकारी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय हितलाई केन्द्रमा

Interview: Only an advanced democracy can be an alternative to democracy – PM Prachanda

The 16th Republic Day is being celebrated across the country