१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

लकडाउन अवधीको ऋणको व्याज मिनाहा गर्न होटल तथा रेष्टुरेण्ट व्यवसायीको माग



बुटवल । विश्वभर महामारीका रुपमा फैलिरहेकाने कोरोना संक्रमणवाट होटल तथा रेष्टुरेण्ट व्यवसायीको व्यवसाय संकटग्रस्त भएकोले लकडाउन अवधीको बैंक तथा वित्तिय संस्थावाट लिएको ऋणको व्याज मिनाहा गर्न माग गरिएको छ ।

होटल तथा रेष्टुरेण्ट व्यवसायीसंघ रुपन्देहीले एक विज्ञप्ति जारी गरि व्यवसायीलाई राहत प्रदान गर्न सरकारले व्यवसायीले व्यवसाय संचालन गर्नका लागि बैंक तथा वित्तिय संस्थावाट लिएको ऋणको व्याज मिनाह गर्न माग गरेको हो ।

लकडाउन अवधीभरमा व्यवसाय संचालन गर्न नसकिएको र व्यवसाय बन्द हुदा आम्दानीको स्रोत्तपनि बन्द भएकाले व्यवसायीले लिएको ऋणको व्याज तिर्न समस्या हुने भएकोले सामाजिक उत्तरदाईत्वलाई मनन गरि व्यवसायीलाई राहत स्वरुप व्याज मिनाह गरि सहयोग गरि दिन संघका अध्यक्ष समुन्द्र जिसी र महासचिव माधव कुमार खनालद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
संघले यस अघि नै व्यवसायीले घर भाडामा लिएर व्यवसाय संचालन गरेकाको मासिक भाडामा ५० प्रतिशत छुट गरिदिन माग गरेकोमा लकडाउन अवधीभरको घरभाडाको शुल्कमा ५० प्रतिशत छुट दिन घर धनीसंग पुनः आह्वान पनि गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

रुपन्देहीमा साना ठुला गरि ६ हजार होटल तथा रेष्टुरेण्ट व्यवसायी रहेका छन । व्यवसायीले व्यवसाय संचालन गर्नका लागि ४ अर्ब भन्दा बढी बैक तथा वित्तियसंस्थावाट ऋण लिएको पनि संघद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । विज्ञप्तिमा लकडाउनका कारण व्यवसाय बन्द हुदा होटल तथा रेष्टुरेण्टमा काम गर्ने कर्मचारी तथा मजदुरको समस्या विकराल हुन गएकोले उनिहरुलाई आफनो घरजाने व्यवस्था मिलाउन पनि सरोकारवालसंग माग गरिएको छ ।

त्यस्तै व्यवसाय बन्द रहेकाले गन्तव्यतर्फ जान पैदल हिडेका यात्रुहरुले खान वस्न नपाउदा सडक छाप सरह हुनु परेको विकराल अवस्थालाई सरकारले ध्यान दिन पनि माग गरिएको छ ।

संघले होटल व्यवसायीको व्यवसाय अगाडी नै स्वास्थ्य परिक्षणको व्यवस्था मिलाई स्वस्थ्य व्यक्तिलाई होटलमा राख्न मिल्ने गरि सिष्टम बनाउनु पर्नेमा समेत जोड दिएको छ । स्थानिय तहहरुले प्रदान गर्ने राहतले सम्बन्धी जिल्लाको वाहेककालाई दिन नपाउने व्यवस्थाले वाहिरी जिल्लाका व्यक्ति रुपन्देही जिल्लामा रहेका र उनिहरुले राहत नपाउदा समस्या भएको पनि विज्ञप्तिमा उललेख गरिएको छ ।

कोरोनाको महामारीको अवस्थामा स्थानिय तहहरु प्रचारमुखिभन्दा पनि समस्या पहिचान गरि समाधान तर्फ गम्भिर हुन जरुरी रहेको संघले जनाएको छ ।

प्रकाशित मिति : ३ बैशाख २०७७, बुधबार  ९ : ३३ बजे

विद्युत् उपभोगमा भ्याट लगाउने निर्णय फिर्ता लिन कुलमान घिसिङको माग

काठमाडौं । पूर्वऊर्जामन्त्री तथा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले

आर्थिक रुपान्तरणको मुख्य आधार ऊर्जा र सिँचाइलाई बजेटमा उच्च प्राथमिकता

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमा ऊर्जा क्षेत्रलाई विशेष

स्वास्थ्यमा समस्या देखिएपछि प्रचण्ड अस्पताल भर्ना, निमोनियाको आशंका

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’

भारतको कुशीनगरबाट ४५३ जना नेपालीको उद्धार, बेलहिया नाका हुँदै भैरहवा ल्याइयो

भैरहवा । भारतको उत्तर प्रदेशको कुशीनगरबाट उद्धार गरिएका ४५३ जना

पेट्रोलियम उत्पादनका लागि सम्झौताको गृहकार्य

काठमाडौँ । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्पादनका लागि दोस्रो