७ आश्विन २०८३, बुधबार | September 23, 2026

कोरोनाबाट बेलायतमा भूतपूर्व गोर्खा हरिमान तामाङको मृत्यु



लण्डन । कोरोना भाइरसको संक्रमणबाट बेलायतको लण्डनमा अर्का एक भूतपूर्व गोर्खाले ज्यान गुगमाएका छन् ।

लण्डनको हिलिङडन बरोको ‘वेस्ट ड्रेटन’ मा बसोबास गर्ने ८२ वर्षीय हरिमान तामाङको हिलिङडन अस्पतालमा मृत्यु भएको गेसो उपाध्यक्ष धर्म तामाङले जनाएका छन् ।

तामाङ नेपालको धनकुटाको माकलुंगका बासिन्दा थिए । उनी श्रीमती, छोरी कला र ज्वाईं मणि तामाङसंगै लण्डन बस्दै आएका थिए । उनका एक छोरा अष्ट्रेलियामा छन् ।
स्वास्थ्यमा समस्या आएपछि उनलाई पाँच दिनअघि अस्पताल भर्ना गरिएको थियो । अस्पताल भर्ना भएपछि उनलाई कोरोना पोजेटिभ भएको पहिचान गरिएको थियो ।

यसअघि उनलाई कुनै पनि प्रकारको स्वास्थ्य समस्य नभएको आफन्तले बताएका नेपाली लिङ्कले जनाएको छ । बेलायतमा कोरोना भाइरसबाट मृत्यु हुने नेपालीको संख्या झण्डै एक दर्जन पुगेको छ ।

प्रकाशित मिति : ४ बैशाख २०७७, बिहिबार  ३ : ४५ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज