७ आश्विन २०८३, बुधबार | September 23, 2026

कोरोना भाइरसबाट पूर्वगोर्खा सैनिक पाल्पाका घनवीर थापाको लण्डनमा निधन



लण्डन । कोरोना संक्रमणबाट पूर्वगोरखा सैनिक घनवीर थापा मगरको निधन भएको छ ।

पाल्पा सत्यवतीको गोठादी घर भई बेलायतको न्युमल्डन लण्डन बस्ने पाल्पा जिल्ला समाज युकेका आजीवन सदस्य थापामगरको लण्डनको किङ्स्टन अस्पतालमा निधन भएको हो । उनी ७५ वर्षका हुन् ।

किङ्स्टन अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको पाल्पाली जिल्ला समाजका महासचिव खुम कुँवर र समाजसेवी बिष्णु सुर्यवंशीले जानकारी दिए ।

रक्तचाप र पिसाव थैलीको समस्या भई औषधी लिइरहेका थापामगरलाई पछिल्लो समय थप अस्वस्थ भएपछि मंगलबार अस्पताल भर्ना भएका थिए ।

उनी बेलायतको दक्षिण पश्चिमी शहर न्यू माल्डेनमा श्रीमतीसहित विगत ७ वर्षदेखि बस्दै आएका थिए । उनकी श्रीमती सेल्फ आइसोलेसनमा छन् भने दुई छोराहरु नेपालमै छन् ।

आर्मी नम्बर २११५५६३१ रहेका थापा सेकेण्ड सेकेण्ड गोरखा राइफल्सका हुन् ।

सन् २००९ देखि युकेमा बस्दै आएका स्वर्गीय थापालाई आवश्यक सहयोग गर्ने पाल्पा जिल्ला समाज युकेले अध्यक्ष बाचस्पति रेग्मीले बताए ।

समाजका आजीवन सदस्य गुमाउनु परेको पीडादायी अवस्था रहेको भन्दै समाजका अध्यक्ष रेग्मीले मृतक थापाको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारमा समवेदना व्यक्त गरे ।

प्रकाशित मिति : ५ बैशाख २०७७, शुक्रबार  ८ : १८ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज