७ आश्विन २०८३, बुधबार | September 23, 2026

पैदल हिँडेकालाई घरसम्म पुर्‍याइदिन सर्वोच्चको आदेश



काठमाडौ । सर्वोच्च अदालतले विभिन्न सहरी क्षेत्रबाट आफ्नो गाउँ जान पैदलै हिँडेकालाई गन्तव्यमा पुर्‍याइदिन सरकारलाई आदेश दिएको छ ।

शुक्रबार सर्वोच्चका न्यायाधीश आनन्दमोहन भट्टराई र सपना मल्लको संयुक्त इजलासले नि:शुल्क घरसम्म जाने वातावरण बनाउन आदेश जारी गरेको हो ।

वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्मासहित केही कानुन व्यवसायीले अन्तरिम आदेशको माग गर्दै केहीदिनअघि रिट दायर गरेका थिए । सर्वोच्चको आदेशमा विकल्पको अभावमा बाध्यतामा परेका र काठमाडौं लगायतका सहरबाट आफ्नो घर पैदलै प्रस्थान गरिसकेका जनताहरूलाई सुरक्षितरूपमा उनीहरूको गन्तव्यमा पुर्‍याउने राज्यको प्राथमिक कर्तव्य रहेको उल्लेख गरिएको छ ।

वरिष्ठ अधिवक्ता शर्माले आदेशमा सहरमा विकल्पको अभाव भएका वर्गलाई उनीहरूको वडा-वडाबाट पृष्ठभूमिसहितको लगत संकलन गरी घरगाउँ जान चाहे आवश्यक स्वास्थ्य सुरक्षा कायम गरी घर पुर्‍यादिन पनि भनिएको जानकारी दिएका छन् ।

काठमाडौं उपत्यका र देशका अन्य क्षेत्रमा अलपत्र परेका नागरिक पैदलै हिँडेर घर जान बाध्य भएपछि सरकारले व्यवस्था गर्नुपर्ने रिट दायर भएको थियो ।

प्रकाशित मिति : ५ बैशाख २०७७, शुक्रबार  ७ : १९ बजे

कांग्रेसको ५१२ पालिकामा अधिवेशन सुरु

ललितपुर । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत देशभरका ७५३ पालिकामध्ये

एमाले केन्द्रीय कमिटी बैठकद्वारा अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित

काठमाडौँ । नेकपा (एमाले) केन्द्रीय कमिटीको तेस्रो बैठकले अध्यक्ष केपी

देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौँ । बाढी, पहिरोलगायतका विपद् तथा जनस्वास्थ्यमा पर्न सक्ने जोखिमलाई

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक