५ श्रावण २०८३, मंगलबार | July 22, 2026

उदयपुरमा १२ र चितवनमा २ जनामा कोरोना संक्रमण पुष्टि : संक्रमितको संख्या ३० पुग्यो



काठमाडौ । उदयपुरमा कोरोना भाइरसबाट १२ जना संक्रमित भएका छन् । चितवनमा दुईजनामा कोरोना संक्रमण भएको पाइएको छ ।

उदयपुरका १२ जनामा एकैसाथ कोरोना भाइरसका. संक्रमण भएको हो । कोशी अस्पतालमा गरिएको परीक्षणका क्रममा १२ जनामा संक्रमण पाइएको हो ।

उदयपुरमा संक्रमण हुनेहरु अधिकांश भारतीय नागरिक छन् । उनीहरु त्रियुगाको मस्जिदमा बसेका थिए । भुल्केको मस्जिदमा बसेका भारतीयको मंगलबार स्वाब संकलन गरिएको थियो । कोशी अस्पतालमा परीक्षणका क्रममा रिपोर्ट पोजेटिभ आएको स्रोतले जनाएको छ ।

त्यस्तै चितवनमा दुई नेपालीमा कोरोना भाइरसको संक्रमण भएको छ । भरतपुरमा पोटेटिभ देखिएपछि स्वाब संकलन गरेर काठमाडौं पठाइएको थियो । उनीहरुको काठमाडौंमा पनि कोरोना संक्रमण भएको पाइएको स्रोतले जनाएको छ । चितवनमा संक्रमित आमा छोरा हुन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले भने उदयपुर र चितवनको रिपोर्ट आफूसम्म आइनपुगेको बताएका छन् । चितवन र उदयपुरका कोरोना संक्रमितसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमितको संख्या ३० पुगेको छ ।

प्रकाशित मिति : ५ बैशाख २०७७, शुक्रबार  ७ : ४७ बजे

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं