२३ जेष्ठ २०८०, मंगलबार | June 7, 2023

नेपालगञ्ज मेडिकल कलेजको आइसोलेसनमा उपचाररत बिरामीको मृत्यु



नेपालगन्ज । प्रदेश नम्बर ५ मा आईसोलेसनमा मृत्यु हुनेको संख्या २ जना पुगेको छ ।

नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगञ्जको आईसोलेशन वार्डमा उपचारको लागि भर्ना भएका एकजनाको आज मृत्यु भएपछि आइसोलेसनमा मृत्यु हुनेको संख्या २ पुगेको हो ।

बर्दिया गुलरियाबाट उपचारका लागि मेडिकल कलेजमा भर्ना भएका ईसराईल बेहनाको शनिबार बिहान उपचारको क्रममा मृत्यु भएको छ । मृतक इसरायल दुईदिन अघि उपचारको लागि अस्पताल भर्ना भएका थिए । उनी पहिलेदेखि नै दम रोगबाट पिडीत भएको अस्पतालले जनाएको छ ।

मृतक इसरायललाई कोरोनाको लक्षणसंग मिल्ने गरि खोकि र ज्वरो आएपछि अस्पताल ल्याईएको थियो । बिरामीको समयमा स्वाब परिक्षण नगरिएको मृतकका परिवारले बताएका छन् । स्वास्थ्य कार्यालय बांकेका प्रमुख धिरजङ्ग शाहले निमोनीयका कारण मृत्यु भएको आफुले जानकारी पाएको बताउंदै स्वाव परिक्षणका लागि अस्पतालले नपठाएको बताउनुभयो ।

उहांले अस्पतालहरुले पठाएको स्वावलाई स्वास्थ्य कार्यालयले धिला नगरि परिक्षण गर्न बुटवल पठाउने ब्यवस्था गरिएको जानकारी दिनुभयो ।

यस अघि बुटवल स्थित कोरोना बिशेष अस्पतालको आईसोलेसनमा भर्ना भएका सैनामैनाका बाबुराम थापाको मृत्यु भएको थियो ।

प्रकाशित मिति : ६ बैशाख २०७७, शनिबार  २ : २५ बजे

एमालेमा बुढा नेताहरुले आजीवन पद ओगट्न पाउने बाटो खुलाइयो

काठमाडौं । नेकपा एमालेले ७० वर्षे उमेरहद हटाउने भएको छ

रेशम चौधरी आममाफी प्रकरण : सर्वोच्चले दिएन उत्प्रेषणयुक्त परमादेश

काठमाडौं । सर्वोच्च अदालतले टीकापुर घटनामा दोषी ठहर भएका रेशम

पुर्ख्यौली पेसा छोड्दैछन् गन्धर्व

दाङ । गाउँगाउँमा सारङ्गी बजाएर जीविकोपार्जन गर्दै आएका यहाँ गन्धर्वहरु

कल बाइपास आरोपमा एक चिनियाँसहित दुई जना पक्राउ

काठमाडौं । कल बाइपास गरेको आरोपमा एक जना चिनियाँसहित दुई