६ श्रावण २०८३, बुधबार | July 22, 2026

नेपालगञ्ज मेडिकल कलेजको आइसोलेसनमा उपचाररत बिरामीको मृत्यु



नेपालगन्ज । प्रदेश नम्बर ५ मा आईसोलेसनमा मृत्यु हुनेको संख्या २ जना पुगेको छ ।

नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगञ्जको आईसोलेशन वार्डमा उपचारको लागि भर्ना भएका एकजनाको आज मृत्यु भएपछि आइसोलेसनमा मृत्यु हुनेको संख्या २ पुगेको हो ।

बर्दिया गुलरियाबाट उपचारका लागि मेडिकल कलेजमा भर्ना भएका ईसराईल बेहनाको शनिबार बिहान उपचारको क्रममा मृत्यु भएको छ । मृतक इसरायल दुईदिन अघि उपचारको लागि अस्पताल भर्ना भएका थिए । उनी पहिलेदेखि नै दम रोगबाट पिडीत भएको अस्पतालले जनाएको छ ।

मृतक इसरायललाई कोरोनाको लक्षणसंग मिल्ने गरि खोकि र ज्वरो आएपछि अस्पताल ल्याईएको थियो । बिरामीको समयमा स्वाब परिक्षण नगरिएको मृतकका परिवारले बताएका छन् । स्वास्थ्य कार्यालय बांकेका प्रमुख धिरजङ्ग शाहले निमोनीयका कारण मृत्यु भएको आफुले जानकारी पाएको बताउंदै स्वाव परिक्षणका लागि अस्पतालले नपठाएको बताउनुभयो ।

उहांले अस्पतालहरुले पठाएको स्वावलाई स्वास्थ्य कार्यालयले धिला नगरि परिक्षण गर्न बुटवल पठाउने ब्यवस्था गरिएको जानकारी दिनुभयो ।

यस अघि बुटवल स्थित कोरोना बिशेष अस्पतालको आईसोलेसनमा भर्ना भएका सैनामैनाका बाबुराम थापाको मृत्यु भएको थियो ।

प्रकाशित मिति : ६ बैशाख २०७७, शनिबार  २ : २५ बजे

शंकर ग्रुपका अध्यक्ष अग्रवाल पक्राउ

काठमाडौं । बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका व्यवसायी तथा शंकर

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क

सौर्य ऊर्जा व्यवस्थापन र विद्युत् भण्डारणका नयाँ प्रविधि सार्वजनिक

काठमाडौं । नेपालमा सौर्य ऊर्जा उत्पादन विस्तारसँगै विद्युत् प्रणालीलाई स्थिर,

शिक्षा र स्वास्थ्यमा लगाइएको कर हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस

काठमाडौं । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले शिक्षा र स्वास्थ्य क्षेत्रको

बुधबार दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज