१७ बैशाख २०८२, बुधबार | April 30, 2025

काठमाडौंमा रहेकी अभिनेत्रीलाई भुटानले गर्यो सरकारी विमानबाट उद्धार



काठमाडौ । निर्देशक दिपेन्द्र लामाद्वारा निर्देशित चलचित्र ‘२ नम्बरी’मा अभिनय गर्न भुटानी अभिनेत्री उगेन छादेन ८० दिनअघि काठमाडौं आएकी थिइन् ।

नेपाली चलचित्र ‘२ नम्बरी’ छायांकन भइरहँदा कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि नेपालमा लकडाउन सुरु भयो । यसपछि चलचित्र छायांकन त रोकियो नै भुटानी अभिनेत्री छादेन पनि लकडाउनमा परिन् ।

अभिनेत्री छादेनलाई उद्धार गरेर स्वदेश फर्काउन भुटान सरकारले शनिबार त्यहाँको सरकारी विमान काठमाडौं पठायो । आफ्नो देशको अभिनेत्रीलाई उद्धार गर्न शनिबार विहान भुटानको सरकारी विमानसेवा ड्रुक एयरको एटिआर विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लियो र आफ्ना अभिनेत्रीलाई लिएर स्वदेश फर्कियो ।

उनीसँगै अर्का एक भुटानी नागरिक पनि स्वदेश फर्किएका छन् । भुटानी अभिनेत्री छादेनको उद्धारका लागि आएको त्यहाँको सरकारी विमान शनिबार विहान ९ः०० बजे स्वदेश फर्किएको चलचित्र २ नम्बरीका निर्देशक लामाले जानकारी दिएका छन् ।

अभिनेत्री छादेन भुटानको राजधानी नभइ पारो पुगेकी छिन् । उनी त्यहाँ २१ दिन लामो समय क्वारेन्टाइनमा बसेपछि मात्रै राजधानी थिम्पु पुग्ने निर्देशक लामाले जानकारी दिए ।

‘अहिले पारोको ओलाथाङ होटेलमा उगेनको २१ दिन लामो क्वारनटाइन सुरु भइसकेको छ । त्यसपछि उनी थिम्पु प्रस्थान गर्नेछिन्’, निर्देश लामाले भने, ‘स्थिति सामान्य भएपछि बाँकी छायांकन पूरा गर्न उनी फेरि नेपाल आउनेछिन् ।’

निर्देशक लामाले आफ्नो टिमको तर्फबाट अभिनेत्री छादेनको उद्धार गर्ने भुटान सरकार, ड्रुक एयर र परिवारप्रति आभार व्यक्त गरेका छन् ।

प्रकाशित मिति : ६ बैशाख २०७७, शनिबार  ८ : ०४ बजे

सुरक्षा पन्तको फिल्म बहिष्कार गर्छु भन्नेहरुलाई प्रधानमन्त्रीले भने, ‘जनताको पक्षमा फिल्म बनाउँदा दर्शकको कमी हुँदैन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको सङ्घर्षबाट भूतप्रेत भइसकेको

रेशम चौधरी रिहा गर्न सर्वोच्चले प्रहरीलाई पठायो नयाँ पत्र, अनधिकृत पत्र लेख्ने कर्मचारी पक्राउ

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई पक्राउ गरी

नागरिक उन्मुक्ति पार्टी सरकारबाट बाहिरिँदै

काठमाडौं । केपी शर्मा ओली नेतृत्वको सरकारबाट नागरिक उन्मुक्ति बाहिरिने

गृहमन्त्री लेखक र भाजपा विदेश विभाग प्रमुखबीच भेटवार्ता

काठमाडौं । गृहमन्त्री रमेश लेखक र भारतीय जनता पार्टीका विदेश

शिक्षा मन्त्रालयमा शिक्षक र सरकारबीच वार्ता

काठमाडौं। सरकार र आन्दोलनरत शिक्षक महासंघबीच वार्ता भैरहेको छ ।