५ श्रावण २०८३, मंगलबार | July 21, 2026

काठमाडौंमा रहेकी अभिनेत्रीलाई भुटानले गर्यो सरकारी विमानबाट उद्धार



काठमाडौ । निर्देशक दिपेन्द्र लामाद्वारा निर्देशित चलचित्र ‘२ नम्बरी’मा अभिनय गर्न भुटानी अभिनेत्री उगेन छादेन ८० दिनअघि काठमाडौं आएकी थिइन् ।

नेपाली चलचित्र ‘२ नम्बरी’ छायांकन भइरहँदा कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि नेपालमा लकडाउन सुरु भयो । यसपछि चलचित्र छायांकन त रोकियो नै भुटानी अभिनेत्री छादेन पनि लकडाउनमा परिन् ।

अभिनेत्री छादेनलाई उद्धार गरेर स्वदेश फर्काउन भुटान सरकारले शनिबार त्यहाँको सरकारी विमान काठमाडौं पठायो । आफ्नो देशको अभिनेत्रीलाई उद्धार गर्न शनिबार विहान भुटानको सरकारी विमानसेवा ड्रुक एयरको एटिआर विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लियो र आफ्ना अभिनेत्रीलाई लिएर स्वदेश फर्कियो ।

उनीसँगै अर्का एक भुटानी नागरिक पनि स्वदेश फर्किएका छन् । भुटानी अभिनेत्री छादेनको उद्धारका लागि आएको त्यहाँको सरकारी विमान शनिबार विहान ९ः०० बजे स्वदेश फर्किएको चलचित्र २ नम्बरीका निर्देशक लामाले जानकारी दिएका छन् ।

अभिनेत्री छादेन भुटानको राजधानी नभइ पारो पुगेकी छिन् । उनी त्यहाँ २१ दिन लामो समय क्वारेन्टाइनमा बसेपछि मात्रै राजधानी थिम्पु पुग्ने निर्देशक लामाले जानकारी दिए ।

‘अहिले पारोको ओलाथाङ होटेलमा उगेनको २१ दिन लामो क्वारनटाइन सुरु भइसकेको छ । त्यसपछि उनी थिम्पु प्रस्थान गर्नेछिन्’, निर्देश लामाले भने, ‘स्थिति सामान्य भएपछि बाँकी छायांकन पूरा गर्न उनी फेरि नेपाल आउनेछिन् ।’

निर्देशक लामाले आफ्नो टिमको तर्फबाट अभिनेत्री छादेनको उद्धार गर्ने भुटान सरकार, ड्रुक एयर र परिवारप्रति आभार व्यक्त गरेका छन् ।

प्रकाशित मिति : ६ बैशाख २०७७, शनिबार  ८ : ०४ बजे

ढोरपाटन आवातजावतमा सास्ती

पोखरा । ढोरपाटनका स्थानीय तथा यहाँ आउने पर्यटकले ढोरपाटन आवातजावतमा

पर्वतको बन्जीसाइड भीरबाट हाम्फालेका व्यक्तिको शव निकालियो

पर्वत । पर्वत जिल्लाको कुश्मा नगरपालिका-५ स्थित बन्जीसाइडको भीरबाट हाम फालेका

राधिका दासी र मायाघरबीच बढ्यो विवाद, रकम बुझाउन माग

झापा । मायाघर इटहरीकी अध्यक्ष सुभद्रा प्याकुरेलले मायाघरको नाममा सहयोग

कृषिमन्त्री चौधरी र निर्देशक हुआ याङबीच शिष्टाचार भेटवार्ता

काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीसँग संयुक्त राष्ट्रसङ्घको

साना नदीमा आकस्मिक बाढीको मध्यम जोखिम

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज देशका विभिन्न