४ पुस २०८२, शुक्रबार | December 20, 2025

प्रधानमन्त्री ओली र प्रचण्डबीच दुई विषयमा तीन घन्टा छलफल



काठमाडौ । प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच शनिबार भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा पार्टीका बैठक र लकडाउनमा राजधानी लगायत विभिन्न सहरबाट घर फर्किने क्रममा बिचल्लीमा परेका नागरिकहरुको व्यवस्थापनको बिषयमा छलफल भएको थियो ।

बिहान ११ बजेबाट दिउँसो २ बजेसम्म दुई अध्यक्षबीच लकडाउनलाई व्यवस्थित गरी बिचल्लीमा परेका नागरिकहरुलाई सुरक्षित गन्तब्यमा पुर्याउने र उनीहरुको खानपानको व्यवस्था गर्ने छलफलमा भएको नेकपा स्रोतले जनाएको छ ।

यसअघि प्रधानमन्त्री ओलीले घर फर्किने क्रममा बिचल्लीमा परेका नागरिकको समस्या समाधान गर्न निर्देशन दिइसकेका छन् भने अध्यक्ष प्रचण्डले पनि खानपान र घर फर्किने वातावरण मिलाउनु पर्ने बताउँदै आएका छन् ।

प्रकाशित मिति : ६ बैशाख २०७७, शनिबार  ८ : २१ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको