१३ बैशाख २०८१, बिहिबार | April 26, 2024

जितगढी विजय उत्सव दिवसमा उजिरसिंहको सालिकमा माल्यार्पण



बुटवल । लक डकडाउनका कारण औपचारीक कार्यक्रम बिना बुटवलको जितगढी किल्लामा यस वषर्को बिजय उत्सव दिवस मनाईएको छ ।

वीरताको किल्ला जितगढी किल्लामा निर्माण भएको राष्ट्रियताको पहरेदार कर्णेल उजिरसिंहको सालिकमा माल्यार्पण गर्दै यस वर्षको जितगढी विजय उत्सव दिवस मनाइएको हो ।

बिजय उत्सवका अवसरमा सिमित संख्यामा उपस्थित भएका बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदी, उपप्रमुख गुमादेवी आचार्य, नेपाली सेनाका पश्चिम हेडक्वाटरका पृतनापति सीताराम खड्का लगायतले सालिकमा माल्यार्पण गर्दै कर्णेल उजिरसिंह प्रति श्रद्धासुमन प्रकट गरेका थिए ।

सोही अवसरमा बुटवलका प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्मा, वडा नम्बर १ का वडा अध्यक्ष महेन्द्र प्रसाद लिगल, वरिष्ठ अधिकृत भूवाप्रसाद लुइँटेल एबिसी न्युज प्रदेश ५ का व्युरो प्रमुख शरण कर्माचायले सालिकमा माल्यार्पण गरेका थिए ।

कार्यक्रममा संक्षिप्त मन्तब्य दिंदै बुटवल उपमहानगर पालिकाका नगर प्रमुख शिवराज सुबेदीले लकडाउनका बाबजुद इतिहासका पहरेदार ऐतिहासिक धरोहर बिजय उत्सवका नायक उजिरसिंहलाई उपमहानगरपालिकाले स्मरण गरेको बताउनुभयो ।

बुटवलले जितगढीको बृहत्त गुरुयोजना बनाएको छ । यहाँ कर्णेल उजिरसिंहसहित जितगढी लडाइँमा विरगती प्राप्त गर्ने १४ जनाको सालिक निर्माणाधन अवस्थामा रहेको छ । सालिकहरु सहित गढी निर्माणको काम अन्तिम चरणमा पुगेका बेलामा मुलुकमा बन्दाबन्दी भएपछि निर्माणको काम प्रभावित भएको उपमहानगरका वरिष्ठ इन्जिनियर सुमन श्रेष्ठले बताउनुभयाे छ ।

बुटवल उप–महानगरपालिका वडा नं. १ स्थित जितगढी किल्ला नेपाल–अग्रेज (इष्ट इण्डिया कम्पनी) युद्धमा (वि.स.१८७१/७२) वीर नेपालीले विजय हासिल गरेको ऐतिहासिक स्मारक स्थल हो ।

बुटवल गढी कब्जा गरी पाल्पा हान्ने र तिव्बतसम्म पुग्ने उद्देश्यकासाथ अंग्रेज गर्भनर लर्ड हेस्टिङ्सको निर्देशन मेजर जेनेरल सुलिभान ऊड र कमाण्डर क्रोकरको नेतृत्वको आधुनिक हतियारले सुसज्जित अंग्रेज फौजसंगको युद्धमा कर्णेल उजिरसिंह थापाको कमाण्डमा अदम्य साहस, रणकौशलता, पौरख एवं वीरताका साथ युद्ध गरी नेपालीले जितगढी किल्लाबटै विजय हासिल गरेका थिए ।

वि.स. १८७२ बैशाख ७ गते युद्धमा विजय हासिल भएको खुसीयालिमा बुटवल उपमहानगरपालिकाले गत वर्ष देखि जितगढी विजय उत्सव दिवस मनाउदै आएकोमा यस वर्ष सामाजिक दुरी कायम गर्दै कर्णेल उजिरसिहको सालिकमा माल्यार्पण गरेर दिवस मनाइएको जनाएको छ ।

प्रकाशित मिति : ७ बैशाख २०७७, आइतबार  ४ : ०२ बजे

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्च अदालतबाट अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न

बजारमा निम्न गुणस्तरको वाईवाई चाउचाउ, चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम