२१ माघ २०८२, बुधबार | February 5, 2026

बुटवलमा लकडाउन : दलको एकदिने नेपालबन्द कि राज्यको दिउंसो लाग्ने कर्फु ?



बुटवल । सरकारले मुलुक भरी लकडाउन अर्थात बन्दाबन्दीको घोषणा गरेपनि प्रदेश नँबर ५ को अस्थायी राजधानी बुटवलमा भने सरकारको लकडाउन अमुक राजनितीक पार्टीको नेपाल बन्द वा स्थानीय प्रशासनको निश्चित समयका लागि लगाईएको कर्फू जस्तै देखिएको छ ।
सरकारले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रण गर्न भन्दै मुलुकभरी लकडाउनको घोषणा गरेको छ । गत चैत्र ११ गतेबाट सुरु भएको लकडाउन कतिपय स्थानहरुमा राम्रैसंग पालना भए पनि प्रदेश नम्बर ५ को अस्थायी राजधानी बुटवलमा भने अत्यन्त फितलो देखिएको छ । लकडाउनको पालना गर्दै घर भित्रबाट बाहिर ननिस्कनुपर्नेमा बुटवलमा अधिकांस नागरिकहरु दलको नेपाल बन्द जस्तै बिहान र सांझ बजार घुम्नकै लागि निस्केने गरेकाछन् ।

राज्यले अत्यावश्यक वस्तु बाहेकका सबै ब्यापार ब्यवसाय देखि उद्योग कल कारखाना बन्द गर्न आह्वान गरेपनि बुटवलमा मदिरा पसल देखि कष्टमेटीक पसल र रेडिमेड कपडाका पसलहरुले समेत ब्यापार ब्यवसाय गरिरहेकाछन् । तरकारी किन्ने बहाना, खाद्यान्ह किन्ने बहाना, औषधी किन्ने बहाना, फलफुल किन्ने बहाना हरेक बहानामा नागरिकहरु घर बाहिर निस्केको दृष्य हेर्न बुटवल पुगे हुने अवस्था सिर्जना भएको छ ।

राज्यले भन्ने गरेको सामाजिक दुरीका बिषयमा मानौ नागरिकलाई केहि थाहा छैन । ढुक्कसंग एउटा पसलमा दशौं टाउकोहरु सामान किन्न झुम्मीएको अवस्था समेत बुटवलमा देख्न सकिन्छ ।

त्यसो त संघिय सरकारको गृह मन्त्रालयले प्रदेशको आन्तरिक मामीला तथा कानुन मन्त्रालय, स्थानीय तह तथा मन्त्रालय मातहतका निकायलाई लक डाउनलाई कडा बनाउन पटक पटक निर्देशन गरेको बताउंदै आएको छ, तर प्रदेश नम्बर ५ का आन्तरिक मामीला तथा कानुन मन्त्री कुल प्रसाद केसी सोनामले भने लकडाउन कार्यान्वयन गर्ने बिषयमा सरकारहरुका बिच समन्वय हुन नसकेका कारण लकडाउन खुकुलो भएको बताउनुहुन्छ ।

उता लकडाउन कार्यान्वयनको मुख्य जिम्मेवारी लिएर बसेको नेपाल प्रहरीले भने प्रहरीले रातदिन भोक प्यास नभनि कार्यान्वयनमा क्रियाशिल रहेपनि केहि स्थानीयबासीले लक डाउन र कोरोना संत्रासलाई नजरअन्दाज गरेको ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरिक्षक भिमलाल भट्टराई आरोप लगाउनुहुन्छ ।

प्रहरीले फाटफुट कारवाहिका नाममा १,२ दर्जन मोटरसाईकलको सांचो खोस्ने र एकैछिनमा छाडीदिने तथा निजी कार र हुनेखानेवर्गलाई चेकजांच नै नगर्ने गरेको पाईएको छ । संक्रमित रोग ऐन अनुसार कसैमाथि कारवाहि नचलाईएकाले पनि नागरिकमा सरकारको निर्देशन पालना गर्ने कुरामा नागरि गम्भीर नबनेको देखिएको छ । डिएसपी भट्टराईले पनि सम्झाईबुझाई गर्ने बाहेकको कारवाहि नगरेको स्विकार गर्नुहुन्छ ।

सरकारी लकडाउन कुनै दलको उद्देश्य प्राप्त गर्न आह्वान गर्न गरिएको नेपाल बन्द होईन । लकडाउन कुनै घटना बिशेषलाई साम्य पार्न राज्यले जारी गरेको कर्फ पनि होईन ।

नागरिकलाई कारोना भाइरसको संक्रमणबाट जोगाउन राज्यले घोषणा गरेको लकडाउन सबैले पालना गर्न जरुरी छ । आफ्नै जिउ जोगाउन पनि प्रहरीले कारवाहि नै चलाउनु पर्ने जस्तो बिडम्बना अरु के नै हुन सक्छ र ?

प्रकाशित मिति : ७ बैशाख २०७७, आइतबार  ८ : १६ बजे

एन आई सी एशियाले दियो जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति

काठमाडौ । एन आई सी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक

निर्वाचन प्रचारप्रसार आयव्ययका लागि बैंक खाता सञ्चालन तथा व्यवस्थापन कार्यविधि जारी

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा

काँग्रेस उम्मेदवार चुन्न पौडेललाई पूर्व आप्रवासीको बलियो साथ

बुटवल । आसन्न प्रतिनिधिसभा निर्वाचनमा रुपन्देही २ मा नेपाली काँग्रेसका

युवालाई भविष्य होइन वर्तमानका साझेदार बनाउँदै ‘बदलिएको कांग्रेस’ अघि बढ्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले युवालाई देशको भविष्यका

काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान

बुटवल । मुलुकमा लोकतन्त्र, सुशासन र समावेशी विकासको यात्रालाई निरन्तरता