२६ आश्विन २०८३, सोमबार | October 12, 2026

देवदह नगरपालिकामा पनि संचालन भयो कृषि एम्बुलेन्स



बुटवल । भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको संम्योजकत्वमा प्रदेश ५ का १२ वटै जिल्लाहरुमा कृषि एम्बुलेन्स सुरु भएका छन ।

किसानले उत्पादन गरेका कृषि तथा पशुजन्य उत्पाकत्वलाई बजारीकरणमा सहजता ल्याउनकाे लगि कृषि एम्बुलेन्स सञ्चालनमा ल्याईएकाे हाे ।

भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश ५ का प्रवक्ता तथा याेजना अनुगमन महाशाखा प्रमुख विनाेद घिमिरेका अनुसार कृषि ज्ञान केन्द्र तथा पशु सेवा विके केन्द्रमा रहेका पिक अप भ्यान र मन्त्रालय मतहतका कार्यालयहरुले अनुदानकाे रुपमा उपलब्ध गराएका पिक अप भ्यान कृषि एम्बुलेन्स काे रुपमा प्रयाेग गरिएकाे छ । उहाका अनुसार प्रदेश ५ का १२ जिल्लामा ४४ वटा कृषि एम्बुलेन्सले अहिले सेवा दिईरहेका छन ।

साेमबार मात्रै रुपन्देहीको देवदह नगरपालिकामा कृषि एम्बुलेन्स सुरुवात गरिएकाे छ । देवदह नगरपालिकाले कृषि एम्बुलेन्स संचालनमा ल्याएको हो । कृषि एम्बुलेन्सकाे प्रदेश ५ का भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरति पाैडेललेे शुभारम्भ गर्नुभयाे ।

किसानहरुको उत्साहलाई मर्न नदिन र उपभोक्ताको सहजताको लागि उक्त कृषि एम्बुलेन्स संचालनमा ल्याएको देवदह नगरपालिकाका नगर प्रमुख हिरा बहादुर खत्रीले बताउनुभयो ।

प्रदेश सरकारले घोषणा गरेको भुमी ब्यवस्था, कृषि तथा सरकारि कार्यालय मार्फत देवदह नगरपालिकाले उक्त कृषि एम्बुलेन्स संचालनमा ल्याएको हो ।

यस्तै आईतबार पाल्पाको तानसेन नगरपालिकामा पनि सुरुवात गरिएसंगै प्रदेश ५ का सबै जिल्लाहरुमा कृषि एम्बुलेन्स सुरुवात भएका हुन ।

प्रकाशित मिति : ८ बैशाख २०७७, सोमबार  ४ : १३ बजे

पेसागत सफलतामा पहिलो मानक नैतिकता, निष्ठा र इमानदारीपन चाहिन्छ : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले कुनै पनि पेसागत सफलताका लागि

२१ सयले सस्तियो सुनको भाउ

काठमाडौँ । नेपाली बजारमा सोमबार सुनचाँदी दुवैको मूल्य घटेको छ

विदेशको अनुभव, स्वदेशमा शैक्षिक परामर्श

बुटवल । दक्षिण कोरियामा करिब आठ वर्ष बिताएर स्वदेश फर्किएका

सहरको स्वादका लागि छुट्छ हिमालको दसैँ-तिहार

बझाङ । घरमा आमा छिन । परिवार छ । आफन्त

म्याग्दीको भसभसेमा सडक भासिदा यातायात सञ्चालनमा समस्या

म्याग्दी । बेनी नगरपालिका-२ स्थित भसभसेको पहिरो म्याग्दी र मुस्ताङलाई