५ श्रावण २०८३, मंगलबार | July 21, 2026

देवदह नगरपालिकामा पनि संचालन भयो कृषि एम्बुलेन्स



बुटवल । भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको संम्योजकत्वमा प्रदेश ५ का १२ वटै जिल्लाहरुमा कृषि एम्बुलेन्स सुरु भएका छन ।

किसानले उत्पादन गरेका कृषि तथा पशुजन्य उत्पाकत्वलाई बजारीकरणमा सहजता ल्याउनकाे लगि कृषि एम्बुलेन्स सञ्चालनमा ल्याईएकाे हाे ।

भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश ५ का प्रवक्ता तथा याेजना अनुगमन महाशाखा प्रमुख विनाेद घिमिरेका अनुसार कृषि ज्ञान केन्द्र तथा पशु सेवा विके केन्द्रमा रहेका पिक अप भ्यान र मन्त्रालय मतहतका कार्यालयहरुले अनुदानकाे रुपमा उपलब्ध गराएका पिक अप भ्यान कृषि एम्बुलेन्स काे रुपमा प्रयाेग गरिएकाे छ । उहाका अनुसार प्रदेश ५ का १२ जिल्लामा ४४ वटा कृषि एम्बुलेन्सले अहिले सेवा दिईरहेका छन ।

साेमबार मात्रै रुपन्देहीको देवदह नगरपालिकामा कृषि एम्बुलेन्स सुरुवात गरिएकाे छ । देवदह नगरपालिकाले कृषि एम्बुलेन्स संचालनमा ल्याएको हो । कृषि एम्बुलेन्सकाे प्रदेश ५ का भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरति पाैडेललेे शुभारम्भ गर्नुभयाे ।

किसानहरुको उत्साहलाई मर्न नदिन र उपभोक्ताको सहजताको लागि उक्त कृषि एम्बुलेन्स संचालनमा ल्याएको देवदह नगरपालिकाका नगर प्रमुख हिरा बहादुर खत्रीले बताउनुभयो ।

प्रदेश सरकारले घोषणा गरेको भुमी ब्यवस्था, कृषि तथा सरकारि कार्यालय मार्फत देवदह नगरपालिकाले उक्त कृषि एम्बुलेन्स संचालनमा ल्याएको हो ।

यस्तै आईतबार पाल्पाको तानसेन नगरपालिकामा पनि सुरुवात गरिएसंगै प्रदेश ५ का सबै जिल्लाहरुमा कृषि एम्बुलेन्स सुरुवात भएका हुन ।

प्रकाशित मिति : ८ बैशाख २०७७, सोमबार  ४ : १३ बजे

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं

पूर्वप्रधानमन्त्री देउवा साउनभित्रै स्वदेश फर्किने, विज्ञप्ति जारी गर्दै भने – ‘प्रतिशोधात्मक राजनीति अस्वीकार्य’

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने

काठमाडौँ । ‘हेलो सरकार’मा प्राप्त हुने स्थानीय तहसम्बन्धी जनगुनासा मुख्यसचिवमार्फत

इरानसँग दश दिनको युद्धविराम गर्ने कि इजरायलसँगको नयाँ सैन्य अभियानलाई समर्थन गर्ने ? दोधारमा ट्रम्प

तेहरान । वासिङ्टन र तेहरानबिचको द्वन्द्व तीव्र हुँदै जाँदा मध्यपूर्वमा

शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक

महेन्द्रनगर । शारदा ब्यारेजमा चारपाङ्गे सवारीसाधन आवतजावतमा रोक लगाइएको छ