९ चैत्र २०७९, बिहिबार | March 23, 2023

कोरोना अपडेट : हालसम्म १ लाख ७७ हजारको मृत्यु



काठमाडौ । विश्वका २ सय १० देश र दुई वटा अन्तर्राष्ट्रिय पानी जहाजमा फैलिँदा २५ लाख ५७ हजार भन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । जसमध्ये ६ लाख ७७ हजार ५७५ जना निको भएका छन् ।

वल्र्डमिटरको बुधबार बिहानसम्मको तथ्यांक अनुसार, संक्रमितको संख्या अमेरिकामा सबैभन्दा बढी छ । त्यहाँ ८ लाख १८ हजार ७ सय ४४ लाई संक्रमण पुष्टि भएको छ ।

त्यस्तै, स्पेनमा २ लाख ४ हजार १ सय ७८, इटालीमा १ लाख ८३ हजार ९ सय ५७, फ्रान्समा १ लाख ५९ हजार २ सय ९७, जर्मनीमा १ लाख ४८ हजार २ सय ९१, बेलायतमा १ लाख ३० हजार १ सय ७२ तथा टर्कीमा ९५ हजार ५ सय ९१ लाई संक्रमण पुष्टि भएको छ ।

कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ७७ हजार पुगेको छ । बुधबार बिहानसम्म १ लाख ७७ हजार ९ सय ८४ को मृत्यु भइसकेको छ ।
मृत्यु हुनेको संख्या पनि अमेरिकामा नै बढी छ । त्यहाँ झन्डै ४५ हजारको मृत्यु भइसकेको छ ।

इटालीमा २४ हजार ६ सय ४८, स्पेनमा २१ हजार २ सय ८२, फ्रान्समा २० हजार ७ सय ९६, बेलायतमा १७ हजार ३ सय ३७ को मृत्यु भइसकेको छ ।

अहिलेसम्म कुल ६ लाख ९० हजार ४ सय ४४ उपचारपछि निको भइसकेका छन् ।

प्रकाशित मिति : १० बैशाख २०७७, बुधबार  ६ : ५४ बजे

लोसपाद्वारा बैठक आह्वान

काठमाडौं । आगमी बैशाख १० गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन

चरित्रमा बाँच्ने अभिनेत्री सुरक्षाका नयाँ चलचित्र

काठमाडौं । चरित्रमा बाँच्ने अभिनेत्रीमा सुरक्षा पन्तको नाम अगाडि आउँछ

आजको मौसम : कोशी, बाग्मती र गण्डकीमा मेघगर्जनसहित वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा स्थानीय वायु सँगै पश्चिमी वायुको प्रभाव

सत्तारुढ गठबन्धनको बैठक :’अयोग्य लडाकुलाई दुई लाखका दरले रकम दिने निर्णय भएको छैन’

काठमाडौं । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत

नेपालमा टेलिफोन गर्दा लाग्ने महसुल दर घटाउन सञ्चारमन्त्रीको भारत सरकारसँग आग्रह

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भारतबाट नेपालमा