७ आश्विन २०८३, बुधबार | September 23, 2026

कोरोना अपडेट : हालसम्म १ लाख ७७ हजारको मृत्यु



काठमाडौ । विश्वका २ सय १० देश र दुई वटा अन्तर्राष्ट्रिय पानी जहाजमा फैलिँदा २५ लाख ५७ हजार भन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । जसमध्ये ६ लाख ७७ हजार ५७५ जना निको भएका छन् ।

वल्र्डमिटरको बुधबार बिहानसम्मको तथ्यांक अनुसार, संक्रमितको संख्या अमेरिकामा सबैभन्दा बढी छ । त्यहाँ ८ लाख १८ हजार ७ सय ४४ लाई संक्रमण पुष्टि भएको छ ।

त्यस्तै, स्पेनमा २ लाख ४ हजार १ सय ७८, इटालीमा १ लाख ८३ हजार ९ सय ५७, फ्रान्समा १ लाख ५९ हजार २ सय ९७, जर्मनीमा १ लाख ४८ हजार २ सय ९१, बेलायतमा १ लाख ३० हजार १ सय ७२ तथा टर्कीमा ९५ हजार ५ सय ९१ लाई संक्रमण पुष्टि भएको छ ।

कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ७७ हजार पुगेको छ । बुधबार बिहानसम्म १ लाख ७७ हजार ९ सय ८४ को मृत्यु भइसकेको छ ।
मृत्यु हुनेको संख्या पनि अमेरिकामा नै बढी छ । त्यहाँ झन्डै ४५ हजारको मृत्यु भइसकेको छ ।

इटालीमा २४ हजार ६ सय ४८, स्पेनमा २१ हजार २ सय ८२, फ्रान्समा २० हजार ७ सय ९६, बेलायतमा १७ हजार ३ सय ३७ को मृत्यु भइसकेको छ ।

अहिलेसम्म कुल ६ लाख ९० हजार ४ सय ४४ उपचारपछि निको भइसकेका छन् ।

प्रकाशित मिति : १० बैशाख २०७७, बुधबार  ६ : ५४ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज