७ आश्विन २०८३, बुधबार | September 23, 2026

चीनबाट कोभिड-१९ महामारी विरूद्ध लड्न नेपाललाई विभिन्न स्वास्थ्य सामग्री सहयोग



काठमाडौ । उत्तरी छिमेकी चीनले कोभिड-१९ महामारी विरूद्ध लड्न नेपाललाई विभिन्न स्वास्थ्य सामग्री सहयोग गरेको छ । नेपाललाई चीनको तिब्बत स्वशासित क्षेत्रले सहयोग गरेको हो ।

तिब्बतले १० हजार एन ९५ मास्क, १० हजार थान पिपिई, एक हजार थान इन्फ्रारेड थर्मोमिटर, दुई वटा पिसिआर मेसिन, भिटिएमसहित २० हजार थान टेस्टिङ किट ५० बक्स डिसइन्फेक्सन वेट वाइप दिइएको छ ।

ती सामान चिनियाँ अधिकारीले आज सिन्धुपाल्चोकको तातोपानी नाका नेपाली पक्षलाई हस्तान्तरण गरेका हुन । ती सामान बुधबार साँझसम्म काठमाडौं आइपुग्ने छन ।

चिनियाँ दूतावासले नेपाल र चीनले कोभिड–१९ महामारीविरूद्धको लडाइँमा एकअर्कालाई बलियो साथ दिएको उल्लेख गर्दै भविष्यमा पनि नेपाललाई सहायता उपलब्ध गराउन र नेपालभित्रको क्षमता वृद्धि गर्न सञ्चार र संयोजनलाई मजबुद बनाउने बताइएको छ ।

प्रकाशित मिति : १० बैशाख २०७७, बुधबार  ९ : १० बजे

कांग्रेसको ५१२ पालिकामा अधिवेशन सुरु

ललितपुर । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत देशभरका ७५३ पालिकामध्ये

एमाले केन्द्रीय कमिटी बैठकद्वारा अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित

काठमाडौँ । नेकपा (एमाले) केन्द्रीय कमिटीको तेस्रो बैठकले अध्यक्ष केपी

देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौँ । बाढी, पहिरोलगायतका विपद् तथा जनस्वास्थ्यमा पर्न सक्ने जोखिमलाई

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक