५ पुस २०८२, शनिबार | December 20, 2025

लकडाउन खुल्दैन, घर जाने भए प्रशासनसँग सम्पर्क गर्नुहोस : प्रधानमन्त्री ओलि



काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड-१९) नियन्त्रणमा नआएसम्म लकडाउन नखुल्ने बताउनुभएको छ ।

बुधबार बालुवाटारमा नेकपाका सांसदहरुसँग छलफल गर्दै प्रधानमन्त्री ओलीले नेपाल भारत सीमामा गर्दै आएको कडाइ यथावत रहने बताउनुभएको छ ।

छलफलमा दार्चुलाका सांसद गणेश ठगुन्नाले सीमामा अलपत्रहरुलाई स्वेदश ल्याएर क्वारेन्टिनमा राख्न प्रधानमन्त्रीसँग आग्रह गनुभएको थियो । तर प्रधानमन्त्रीले भारतसँगको सीमाना अहिले नखुल्ने जो जहाँ छन् उनीहरु त्यही नै रहने जवाफ दिएको समेत वैठकमा सहभागि एक सासदले बताउनुभयो ।

प्रधानमन्त्री ओलीले लकडाउनलाई केही खुकुलो बनाउन सकिने संकेत गर्नुभएको छ । लकडाउनका कारण समस्यामा परेकाहरुले घर जनाका लागि प्रशासनसँग सम्पर्क गर्ने पनि प्रधानमन्त्रीले आग्रह गर्नुभएको छ ।

हिजोमात्र १२ हजार मानिस उपत्यकाबाट बाहिरिए, कसैलाई बाहिर जानु पर्ने हो भने प्रशासनलाई सूचना गरे सहयोग गर्छ’, प्रधानमन्त्रीले बैठकमा भन्नुभयो सहभागि एक सांसदले भन्नुभयो ।

सरकारले सोमबार राजनीतिक दल र संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याएपछि नेकपाभित्र अनतरविरोध देखिएपछि दुवै अध्यक्षले सांसदहरुसँग छलफल गरेका हुन । प्रधानमन्त्री ओलीले कुनै दल विशेषलाई लक्षित गरेर ऐन नल्याइएको प्रस्ट पार्नुभएको छ ।

प्रकाशित मिति : १० बैशाख २०७७, बुधबार  ९ : २० बजे

केपीलाई ईश्वरको प्रष्ट सन्देशः ‘विभाजन स्वीकार्य छैन, आत्मसमर्पण पनि हुँदैन’

काठमाडौं । नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीभित्र विभाजन अस्वीकार्य

रविको चेतावनी – ‘जेनजी विद्रोहलाई जिस्काउने वा चलाउने प्रयास नगर्नु’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेले

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश