२१ फाल्गुन २०८०, सोमबार | March 4, 2024

भोलिदेखि कोरोनाविरुद्धको खोप मानिसमा परीक्षण हुँदै, खोप सफल हुने सम्भावना ८० प्रतिशतभन्दा बढी



काठमाडौ । बेलायतको अक्सफोर्ड विश्वविद्यालयमा तयार पारिएको कोरोना भाइरसविरुद्धको खोप बिहीबार (भोलि) बाट मानिसमा परीक्षण हुनेको भएको छ ।

बुधबार आयोजित पत्रकार सम्मेलनमा बेलायतका स्वास्थ्यमन्त्री म्याट ह्यानककले भोलिबाट खोप मानिसमा परीक्षण सुरु हुने बताएका हुन् ।

अक्सफोर्ड विश्वविद्यालयमा बनेको खोप सफल हुने सम्भावना ८० प्रतिशतभन्दा बढी रहेको वैज्ञानिकहरूले आशा गरेका छन् ।

स्वास्थ्यमन्त्री म्याट ह्यानककले खोप विकासका लागि दुई करोड पाउन्ड पैसा दिने घोषणासमेत गरेका छन् ।

अक्सफोर्डपछि लन्डनको इम्पेरियल कलेज पनि खोप विकासमा लागिपरेको छ । खोप परीक्षणको पूर्णनतिजा नआउँदै खोप उत्पादनसमेत सुरु गरिने उद्देश्यका कारण सेप्टेम्बरसम्ममा लाखौँ डोज खोप बनिसक्ने भएको छ । सामाजिक दूरी र खोप मात्रै कोरोना भाइरसबाट बच्ने अस्त्रका रूपमा रहेका छन् । ‘कोरोना भाइरसलाई जित्ने मुख्य अस्त्र भनेकै खोप हो, हामी आफ्नो सबै बल लगाएर खोप विकासमा जुटेका छौँ, आशा छ यो सफल हुनेछ,’ स्वास्थ्यमन्त्री ह्यानककले भने । ह्यानककले आफूहरूले ठूलो मात्रामा खोप उत्पादनका लागि समेत अनुसन्धान थालेको र यो परीक्षण सफल भएमा सबैभन्दा पहिला र छिटो बेलायती जनताका लागि खोप उपलब्ध गर्नेसमेत भनेका छन् ।

यसअघि चीनको सैन्य मेडिकल विद्यालय र अमेरिकी फर्मास्युटिकल कम्पनीले मानिसमा कोरोना भाइरसविरुद्धको खोप परीक्षण थालेका छन् ।

विज्ञहरूले खोप विकास र सर्वसाधारणको पहुँचमा पुग्न कम्तीमा १२ देखि १८ महिना लाग्ने बताउँदै आएका छन् । यद्यपि त्यो समयभन्दा छिटो खोप तयार पार्ने दौडमा कैयौँ बायोमेडिकल कम्पनी लागिपरेका छन् ।

प्रकाशित मिति : १० बैशाख २०७७, बुधबार  ९ : २३ बजे

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक भोलि बस्ने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि फागुन

मन्त्रालयको भागवण्डा टुंग्याउन ४ सदस्यीय कार्यदल गठन

काठमाडौं। मन्त्रालय बाँडफाँट टुंग्याउनका लागि ४ सदस्सीय कार्यदल गठन गरिएको

जे सुकै परिवर्तन भए पनि हामी ‘मिसन-२०८४’ छाड्दैनौँ : अध्यक्ष ओली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

नाजिर हुसेनको बढ्दो व्यस्तता, ‘केटी हराएको सूचना’मा सृष्टीसँग जोडी बाँध्दै

काठमाडौं । अभिनेता नाजिर हुसेनको व्यस्तता बढ्न थालेको छ । उनले

हितबहादुर, पदम र डीपी मन्त्री बन्दै, भागबन्डा टुंग्याउन नयाँ गठबन्धनको बैठक बस्दै

काठमाडौं । कांग्रेससँगको गठबन्धन तोडेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रीहरु