१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

बुटवलमा ६ हजार बालबालिकाहरुका खोप लगाउन सुरु



बुटवल । आधारभूत स्वास्थ्य अन्तर्गत रहेको नियमित खोप सेवालाई बुटवल उपमहानगरले सुरु गरेको छ । प्रतिकोरोनाको प्रभावकारी अभियानसँगै सुरक्षित खोप कार्यक्रम पनि सुरु गरिएको हो ।

सेवा अवरुद्ध हुन नदिन स्वास्थ्यकर्मी पीपीई लगाएर काममा खटिएका छन् । कोभिड-१९ को महामारी रोक्न लकडाउन भएपछि अन्यत्र रोकिएका बेला बुटवलले भने महामारीका विरुद्ध पूर्वतयारी सँगै थप सुरक्षाको उचित प्रबन्ध मिलाएर खोप कार्यक्रमलाई सञ्चालन गरेको जनाएको छ ।

बुटवलमै खोप भण्डारण केन्द्रसमेत सञ्चालन गरिएको छ । यहाँ बालबालिका र गर्भवतीहरुले सहज ढंगले खोप लगाउन पाउने ब्यबस्था मिलाइएको छ । उपमहानगरपालिकाले बाल स्वास्थ्यलाई ख्याल गरेर पीपीइ लगाएका स्वास्थ्यकर्मीमार्फत खोप कार्यक्रम सुरु गरेपछि बाबालिकाहरु लाभान्वित भएका छन् ।

खोपको सुरक्षित कार्यक्रम सञ्चालन गर्न उपमहानगरपालिकामा रहेका नगर स्वास्थ केन्द्र र स्वास्थ्य चौकीमा पीपीईसहितका स्वास्थ्यकर्मीहरु पालो बाडेर खटिएको उपमहानगरका प्रमुख शिवराज सुवेदीले जानकारी दिनुभयो । ‘स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा कुनै पनि हेल्चेक्रयाइँ नगर्न र सुरक्षित रहेर सुरक्षित पार्न आग्रह गरेको छु, प्रभावकारी सेवा प्रवाहमा ध्यान दिन जरुरी छ,’ उहाले भन्नभयो ।

‘रोग प्रतिरोधात्मक क्षमतासमेत बढाउने र बालबालिकाका लागि अति जरुरी रहेको खोपलाई बन्द नगर्न जुनसुकै सुरक्षाको प्रबन्ध मिलाएर भए पनि सुरु गर्नुपर्छ भनेर लागेका हौं,’ मेयर सुबेदीले सुनाउनुभयो । कोरोनामा देखिने लक्षण ज्वरो र श्वासप्रश्वास समस्याका लागि बीसीजी खोपलाई प्रभावकारी मानिएको छ ।

जन्मिने वित्तिकै लगाउनुपर्ने बीसीजीदेखि विभिन्न आठ प्रकारका खोपलाई बुटवलले निरन्तरता दिएको छ । नगरका सहरी स्वास्थ्य केन्द्र, सेमलार स्वास्थ्य चौकी र मोतिपुर स्वास्थ्य चौकीमा वैशाख १० गतेदेखि सुरु भएको खोप आउँदो १४ गतेसम्म सञ्चालन हुने गरी कार्यक्रम सुरु गरिएको बुटवलका प्रमुख प्रशासकीय अधिकृत चक्रपाणि शर्माले जानकारी दिनुभयो ।

यी स्थानमा खटिने प्राविधिक तथा प्रत्येक खोप सेसनमा जाने स्वास्थ्यकर्मीलाई पीपीईसहितका स्वास्थ्य सुरक्षाका सामग्रीको व्यवस्था मिलाइएको छ । पीपीई लगाएका दुई जना स्वास्थ्यकर्मीले सुरक्षित तरिकाले खोप लगाउने गरी समय तालिका मिलाइएको र उनीहरुको संयोजन स्वास्थ्य शाखाका प्रमुख कुन्दनकुमार सिंह नेतृत्वमा कर्मचारीहरुले गरेका छन् ।

बीसीजी, पेन्टा, ओपीभी, एफआईपीभी, पीभीसी, एमआर तथा जेई र टीटी नामका खोप लगाउन सुरु गरिएको छ । यी खोपहरु जन्मिदेखि २३ महिनाको बच्चालाई लगाउनुपर्ने हुन्छ । कतिपय खोप १२ वर्षको बच्चासम्मलाई दिने खालका हुन्छन् । जन्मिएदेखि २३ महिना पुगेका उमेर समूहका बच्चाहरु हाल बुटवलमा झण्डै छ हजार जना रहेको उपमहानगरको स्वास्थ्य शाखाको तथ्यांकमा छ ।

‘हामी पिपिई लगााएरै खटेका छौं, बुटवल ११ बुद्धनगरमा रहेको शहरी स्वास्थ्य केन्द्रमा ९५ जनालाई खोप लगायौं, यो क्रम जारी छ,’ शहरी स्वास्थ्य केन्द्रका जनस्वास्थ्य निरिक्षक पुजन ज्ञवालीले भन्नुभयो । बुटवलमा हाल वर्षभरिमा ५५२ खोप सेसनहरु सञ्चालन हुँदै आएका छन् । यस क्षेत्रमा बीसीजी खोप ११ हजार ४०, डीपीटी हेपवीहिव १२ हजार ३८०, एमआर ११ हजार ६७० तथा टीटी १० हजार ५० र जेई तीन हजार पाँच ११ जनाले वार्षिक रुपमा लगाउने गरेको स्वास्थ्य शाखाको तथ्याङ्कमा छ ।

बालबालिकालाई आवश्यक पर्ने खोपहरुमा बीसीजी, डीपीटी, पीभीसी, पोलियो, दादुरा रुबेला, टीडी/टीटी जे.ई हुन् । बालबालिकालाई निश्चित रोगबाट बचाउन अग्रिम दिइने एन्टिजोनलाई खोप भनिन्छ । एन्टिजोनहरू रोगविरुद्ध लड्ने प्रतिरोधात्मक क्षमता बढाउनका लागि निश्चित समयमा उमेर समूह अनुसार बच्चालाई लगाइन्छ ।

बुटवलमा अहिले लगाउन थालिएका सबै खोप विश्व स्वास्थ्य संगठनद्वारा मान्यताप्राप्त खोप हुन् । यी सबै निःशुल्क छन् ।

प्रकाशित मिति : १२ बैशाख २०७७, शुक्रबार  १ : ५४ बजे

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका

वर्ल्ड लिंकको इन्टरनेट ९ लाख घरधुरीमा पुग्यो

बुटवल । देशको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्ड लिंक

बुटवल ११ बुद्धनगर खानेपानी उपभोक्ता समिति र टोल विकास संस्था बीच जग्गा विवाद !

बुटवल । बुटवल उपमहानगरपालिका-११ बुद्धनगरमा जग्गा भोग चलनको विषयलाई लिएर