७ आश्विन २०८३, बुधबार | September 23, 2026

बुटवलमा ६ हजार बालबालिकाहरुका खोप लगाउन सुरु



बुटवल । आधारभूत स्वास्थ्य अन्तर्गत रहेको नियमित खोप सेवालाई बुटवल उपमहानगरले सुरु गरेको छ । प्रतिकोरोनाको प्रभावकारी अभियानसँगै सुरक्षित खोप कार्यक्रम पनि सुरु गरिएको हो ।

सेवा अवरुद्ध हुन नदिन स्वास्थ्यकर्मी पीपीई लगाएर काममा खटिएका छन् । कोभिड-१९ को महामारी रोक्न लकडाउन भएपछि अन्यत्र रोकिएका बेला बुटवलले भने महामारीका विरुद्ध पूर्वतयारी सँगै थप सुरक्षाको उचित प्रबन्ध मिलाएर खोप कार्यक्रमलाई सञ्चालन गरेको जनाएको छ ।

बुटवलमै खोप भण्डारण केन्द्रसमेत सञ्चालन गरिएको छ । यहाँ बालबालिका र गर्भवतीहरुले सहज ढंगले खोप लगाउन पाउने ब्यबस्था मिलाइएको छ । उपमहानगरपालिकाले बाल स्वास्थ्यलाई ख्याल गरेर पीपीइ लगाएका स्वास्थ्यकर्मीमार्फत खोप कार्यक्रम सुरु गरेपछि बाबालिकाहरु लाभान्वित भएका छन् ।

खोपको सुरक्षित कार्यक्रम सञ्चालन गर्न उपमहानगरपालिकामा रहेका नगर स्वास्थ केन्द्र र स्वास्थ्य चौकीमा पीपीईसहितका स्वास्थ्यकर्मीहरु पालो बाडेर खटिएको उपमहानगरका प्रमुख शिवराज सुवेदीले जानकारी दिनुभयो । ‘स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा कुनै पनि हेल्चेक्रयाइँ नगर्न र सुरक्षित रहेर सुरक्षित पार्न आग्रह गरेको छु, प्रभावकारी सेवा प्रवाहमा ध्यान दिन जरुरी छ,’ उहाले भन्नभयो ।

‘रोग प्रतिरोधात्मक क्षमतासमेत बढाउने र बालबालिकाका लागि अति जरुरी रहेको खोपलाई बन्द नगर्न जुनसुकै सुरक्षाको प्रबन्ध मिलाएर भए पनि सुरु गर्नुपर्छ भनेर लागेका हौं,’ मेयर सुबेदीले सुनाउनुभयो । कोरोनामा देखिने लक्षण ज्वरो र श्वासप्रश्वास समस्याका लागि बीसीजी खोपलाई प्रभावकारी मानिएको छ ।

जन्मिने वित्तिकै लगाउनुपर्ने बीसीजीदेखि विभिन्न आठ प्रकारका खोपलाई बुटवलले निरन्तरता दिएको छ । नगरका सहरी स्वास्थ्य केन्द्र, सेमलार स्वास्थ्य चौकी र मोतिपुर स्वास्थ्य चौकीमा वैशाख १० गतेदेखि सुरु भएको खोप आउँदो १४ गतेसम्म सञ्चालन हुने गरी कार्यक्रम सुरु गरिएको बुटवलका प्रमुख प्रशासकीय अधिकृत चक्रपाणि शर्माले जानकारी दिनुभयो ।

यी स्थानमा खटिने प्राविधिक तथा प्रत्येक खोप सेसनमा जाने स्वास्थ्यकर्मीलाई पीपीईसहितका स्वास्थ्य सुरक्षाका सामग्रीको व्यवस्था मिलाइएको छ । पीपीई लगाएका दुई जना स्वास्थ्यकर्मीले सुरक्षित तरिकाले खोप लगाउने गरी समय तालिका मिलाइएको र उनीहरुको संयोजन स्वास्थ्य शाखाका प्रमुख कुन्दनकुमार सिंह नेतृत्वमा कर्मचारीहरुले गरेका छन् ।

बीसीजी, पेन्टा, ओपीभी, एफआईपीभी, पीभीसी, एमआर तथा जेई र टीटी नामका खोप लगाउन सुरु गरिएको छ । यी खोपहरु जन्मिदेखि २३ महिनाको बच्चालाई लगाउनुपर्ने हुन्छ । कतिपय खोप १२ वर्षको बच्चासम्मलाई दिने खालका हुन्छन् । जन्मिएदेखि २३ महिना पुगेका उमेर समूहका बच्चाहरु हाल बुटवलमा झण्डै छ हजार जना रहेको उपमहानगरको स्वास्थ्य शाखाको तथ्यांकमा छ ।

‘हामी पिपिई लगााएरै खटेका छौं, बुटवल ११ बुद्धनगरमा रहेको शहरी स्वास्थ्य केन्द्रमा ९५ जनालाई खोप लगायौं, यो क्रम जारी छ,’ शहरी स्वास्थ्य केन्द्रका जनस्वास्थ्य निरिक्षक पुजन ज्ञवालीले भन्नुभयो । बुटवलमा हाल वर्षभरिमा ५५२ खोप सेसनहरु सञ्चालन हुँदै आएका छन् । यस क्षेत्रमा बीसीजी खोप ११ हजार ४०, डीपीटी हेपवीहिव १२ हजार ३८०, एमआर ११ हजार ६७० तथा टीटी १० हजार ५० र जेई तीन हजार पाँच ११ जनाले वार्षिक रुपमा लगाउने गरेको स्वास्थ्य शाखाको तथ्याङ्कमा छ ।

बालबालिकालाई आवश्यक पर्ने खोपहरुमा बीसीजी, डीपीटी, पीभीसी, पोलियो, दादुरा रुबेला, टीडी/टीटी जे.ई हुन् । बालबालिकालाई निश्चित रोगबाट बचाउन अग्रिम दिइने एन्टिजोनलाई खोप भनिन्छ । एन्टिजोनहरू रोगविरुद्ध लड्ने प्रतिरोधात्मक क्षमता बढाउनका लागि निश्चित समयमा उमेर समूह अनुसार बच्चालाई लगाइन्छ ।

बुटवलमा अहिले लगाउन थालिएका सबै खोप विश्व स्वास्थ्य संगठनद्वारा मान्यताप्राप्त खोप हुन् । यी सबै निःशुल्क छन् ।

प्रकाशित मिति : १२ बैशाख २०७७, शुक्रबार  १ : ५४ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज