९ चैत्र २०८२, सोमबार | March 23, 2026

मुस्लिम धर्मालम्बीको यसवर्षको रमजान घरघरमै नमाज पढेर सुरु



बुटवल । वर्षभरीकै कठोर ब्रतका रुपमा लिईने इस्लाम धर्मालम्बीहरुको रोजा आजबाट सुरु भएको छ ।

शुक्रबार राती चन्द्रमा देखिएसंगै यस वर्षको १ महिने रमजान पर्व सुरु भएको छ । रमजानको पहिलो नमाज नजिकको मस्जिदमा पढेर सुरु गर्ने परम्परा रहेपनि यस वर्ष नेपालका मुस्लिम समुदायले घरघरमै नमाज पढेर रमजानलाई स्वागत गरेका छन् ।

मस्जिदमा नमाजीहरु नगएपछि हरेक वर्ष भरीभाउ हुने नेपालका प्रयाय मस्जिदहरु यस वर्ष सुनसान देखिएका थिए । बिश्वभर कोरोना भाइरसले माहामारीको रुप ग्रहण गरेपछि मुस्लिम अगुवाहरुले मस्जिद नजान र घरमै नमाज पढेर रोजा बस्न आह्वान गरेका थिए । मस्जिदको ढोकाहरुमा लकडाउनको सुचना टांस गरि कतिपय मस्जिदहरु बन्द समेत गरिएका थिए ।

मुस्लिम समुदायले रमजानको एक महिना कठोर ब्रत बस्दछन् । सुरुको पहिलो दिन बिहान ३ बजे सेहरी अजहान बिहानको खाजा खाएर सुरु भएको ब्रत सांझ ६ बजेर ४८ मिनेटमा रोजा ईस्तार गरि समाप्त भएको थियो । समुदायले हरेक दिन बिहान १ मिनेट थपिंदै जाने र सांझ घट्दै जाने नियम अनुसार १ महिना पानी र थुक समेत निल्न नहुने गरि हरेक दिन करिव १५ घण्टा भोकै बस्नु पर्दछ । रमजानको बेला प्रत्यक मुसलमानले दिनमा ५ पटक नमाज र १ पटक तराबि नमाज पढ्नु पर्ने नियम रहेको छ । तराबि नमाज १ देखि २ घण्टाको हुने गर्दछ भने नमाज १५ मिनेट मा पढेर सकिन्छ ।

पछिल्लो समय समुदायमा ब्यापार ब्यवसायमा लाग्ने, नोकरी तथा अन्य कार्यमा सहभागि हुने भएकाले तराबिको समय घटाएर ३ देखि ७ दिनमा सक्ने समेत गरिएको नेपालगन्जका मुस्लिम अगुवा राष्ट्रिय हज कमिटीका सदस्य मेराज अहमदले बताउनुभयो । यस वर्ष नमाजको समयको सुचना दिन ऐलान गरिने मोअज्जीमको आह्वान समेत सानो आवाजमा प्रशारण गरिएको थियो ।

मुस्लिम परम्परा अनुसार १ महिनाको ब्रत पछि देखिने पहिलो चन्द्रमालाई हेरेपछि रमजानको महिना समाप्त हुन्छ । चन्द्रमा देखिएको दोस्रो दिन मुस्लिम धर्मालम्बीहरुको सबै भन्दा ठूलो पर्व ईद उल फित्र सुरु हुने गर्दछ । ब्रतकै बिच मुसलमानहरुले बर्ष भरी गरेको आम्दानीबाट २.५ प्रतिशत निकाली गरिव तथा असहायलाई बांड्नु पर्दछ । यसरी बांडिने दानलाई समुदायमा जकात भन्ने गरिन्छ ।

जकातबाटै निश्चित रकम छुट्याएर ईदको दिन फित्र दान गरेपछि ईदगाहामा नमाज पढेर ईद पर्व मनाउने गरिन्छ । ईदमा गच्छे अनुसार बिभिन्न परिकारहरु बनाई छरछिमेक, इष्टमित्रलाई बोलाई इदी खुवाउने चलन समेत रहेको छ । रमजानको महिना खानामा मात्र नभएर जिवशैलीका हरेक बिषयमा अनुसानको ब्यवस्था गरिएको मुस्लिम अगुवा मेराज अहमदले जानकारी दिनुभयो ।

रोजा चलिरहेको बेला झुटो बोल्न नहुने, शारिरीक सम्पर्क गर्न नहुने, कसैसंग नाफा खान नहुने जस्ता आचरणमा बस्नु पर्ने समुदायमा परम्परा रहंदै आएको छ ।

प्रकाशित मिति : १३ बैशाख २०७७, शनिबार  ८ : १८ बजे

कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न महामन्त्री पौडेलको माग

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले गौरीबहादुर कार्की नेतृत्वले

सुनको मूल्य लगातार घट्दो, सोमबार प्रतितोला ६ हजार ५०० रुपैयाँले कमी

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य सोमबार पनि घटेको छ।

कोशी अस्पतालमा ‘ब्लड बैंक’ स्थापनाको तयारी

विराटनगर । कोशी अस्पतालले आफ्नै ‘ब्लड बैंक’ स्थापना गर्ने भएको

लुम्बिनीमा विश्व शान्ति मन्दिर निर्माण

भैरहवा । बुद्ध जन्मस्थल लुम्बिनीमा विश्व शान्ति, सहअस्तित्व र करुणाको

बेमौसमी वर्षाबाट इँटा उद्योग प्रभावित

महोत्तरी। बेमौसमी वर्षाका कारण महोत्तरीको इँटा उद्योगहरुमा रु ६ करोड