९ चैत्र २०८२, सोमबार | March 23, 2026

लकडाउनको मौका छोपी सुन चोर्न खोज्ने प्रहरीको फन्दामा



बुटवल । लकडाउनको मौका छोपी सुनचांदी पसल चोर्न खोज्ने ३ जनालाई प्रहरीले रङ्गेहात पक्राउ गरेको छ ।

बुटवल उपमहानगर पालिका वार्ड नम्बर १२ स्थित सिर्जना सुनचांदी पसल फोडेर सुनका गहना चोर्दै गरिरहेको अवस्थामा स्थानीय मनोज बिश्वकर्मा सहित ३ जनालाई ईलाका प्रहरी कार्यालय बुटवलको गस्तीटोलिले पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरुबाट सटर फोड्न प्रयोग गरिने औजारहरु बरामद गरिएको ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी भिमलाल भट्टराईले जानकारी दिनुभयो । पक्राउ परेका मध्य २ जना १८ वर्ष मुनीका भएकाले उनीहरुको नाम भने प्रहरीले सार्वजानीक गरेको छैन ।

पक्राउ परेकालाई हिसासतमा राखि अनुसन्धान गर्न आजै अदालतबाट म्याद थप गरिएको डिएसपी भट्टराईले बताउनुभयो ।

सटर फोडेर भित्र जांदाजांदै प्रहरीले थाहापाई उनीहरुलाई पक्राउ गरेका कारण कुनै धनमाल चोरी गर्न भने नपाएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १३ बैशाख २०७७, शनिबार  ९ : ५७ बजे

इरान-अमेरिका/इजरायल युद्धले सन् १९७० दशकको तेल संकटको सम्झना दिलाउँदै

इरानसँगको अमेरिका–इजरायल युद्धका कारण बढ्दो ऊर्जा संकटले सन् १९७० दशकका

रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धका रिट न्यायाधीश शर्मा र मुसलमानको इजलासमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धका

खाडी जान लागेका कामदारहरू भन्छन्, “साथीहरूले नआउ भन्छन्, नजाऊ जागिर खोसिने डर छ”

काठमाडौँ । छोटो छुट्टीमा घर परिवार भेट्न आउनुभएका लिवेक महतलाई

‘राइड सेयरिङ’का एक सय पचहत्तर जना चालकलाई कारबाही

काठमाडौँ । काठमाडौँ उपत्यकामा बढ्दो ट्राफिक चाप, अव्यवस्थित सवारी सञ्चालन

१६ प्रकारका खनिजजन्य वस्तुको उत्खनन अनुमति

काठमाडौं । खानी तथा भूगर्भ विभागले चुनढुङ्गा, रातोमाटो, धातु, पत्थरलगायत