२० आश्विन २०८३, मंगलबार | October 7, 2026

र्‍यापिड टेष्टमा कोरोना पोजेटिभ देखिएकी युवतीको मृत्यु



पर्सा । पर्साको वीरगञ्जमा र्‍यापिड टेष्टमा कोरोना पोजेटिभ देखिएकी युवतीको मृत्यु भएको छ ।

र्‍यापिड टेष्टमा तीन पटकसम्म कोरोना भाइरसविरुद्धको एन्टिबडी देखिएकी २३ वर्षीया युवतीको नारायणी अस्पतालमा मृत्यु भएको हो ।

युवतीलाई नारायणी अस्पतालको आइसोलेसनमा राख्ने तयारी हुँदैगर्दा मृत्यु भएको डा.मदनकुमार उपाध्यायले जानकारी दिनुभयो । मृतक युवतीको स्वाब परीक्षणका लागि हेटौँडास्थित प्रयोगशालामा पठाइएको उहाले बताउनुभयो ।

कोरोनाबाट मृत्यु भएको हो वा अन्य कुनै कारणले भन्ने कुरा पिसिआर परीक्षण रिपोर्टका आधारमा भन्न सकिने अस्पतालले जनाएको छ । उनी ब्लड क्यान्सरकी बिरामी थिइन् ।

युवतीको शव अहिले अस्पतालमै राखिएको छ। उनको परिवारलाई भने अस्पतालले क्वारेन्टाइनमा बस्न आग्रह गरेको छ ।

प्रकाशित मिति : १४ बैशाख २०७७, आइतबार  २ : ४४ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला । गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ ।

घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला

काठमाडौँ । दसैँको समयमा यात्रुको सहज आवागमनलाई व्यवस्थित बनाउन घटस्थापनादेखि

कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी

काठमाडौँ । नेपाली कांग्रेसको पार्टीको १५औँ महाधिवेशन अन्तरर्गतको निर्वाचनका लागि

शिक्षा पत्रकार समूहको अध्यक्षमा जनक नेपाल चयन

काठमाडौँ । शिक्षा पत्रकार समूहको १३औँ अधिवेशनबाट पत्रकार जनक नेपालको

दसैँको साइत : कात्तिक ४ गते बुधबार १०ः२६ बजे विजया दशमीको उत्तम

काठमाडौं । यस वर्ष विजया दशमीको साइत कात्तिक ४ गते