५ श्रावण २०८३, मंगलबार | July 22, 2026

र्‍यापिड टेष्टमा कोरोना पोजेटिभ देखिएकी युवतीको मृत्यु



पर्सा । पर्साको वीरगञ्जमा र्‍यापिड टेष्टमा कोरोना पोजेटिभ देखिएकी युवतीको मृत्यु भएको छ ।

र्‍यापिड टेष्टमा तीन पटकसम्म कोरोना भाइरसविरुद्धको एन्टिबडी देखिएकी २३ वर्षीया युवतीको नारायणी अस्पतालमा मृत्यु भएको हो ।

युवतीलाई नारायणी अस्पतालको आइसोलेसनमा राख्ने तयारी हुँदैगर्दा मृत्यु भएको डा.मदनकुमार उपाध्यायले जानकारी दिनुभयो । मृतक युवतीको स्वाब परीक्षणका लागि हेटौँडास्थित प्रयोगशालामा पठाइएको उहाले बताउनुभयो ।

कोरोनाबाट मृत्यु भएको हो वा अन्य कुनै कारणले भन्ने कुरा पिसिआर परीक्षण रिपोर्टका आधारमा भन्न सकिने अस्पतालले जनाएको छ । उनी ब्लड क्यान्सरकी बिरामी थिइन् ।

युवतीको शव अहिले अस्पतालमै राखिएको छ। उनको परिवारलाई भने अस्पतालले क्वारेन्टाइनमा बस्न आग्रह गरेको छ ।

प्रकाशित मिति : १४ बैशाख २०७७, आइतबार  २ : ४४ बजे

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं