२६ जेष्ठ २०८०, शुक्रबार | June 9, 2023

नीजि प्रयोगशालाबाट पनि कोरोना भाइरस परीक्षण गर्ने बाटो खुल्यो



काठमाडौ । सरकारले नीजि प्रयोगशालाबाट पनि कोरोना भाइरस (कोभिड-१९) परीक्षण गर्ने बाटो खोलेको छ । परीक्षणसम्बन्धि मापदण्ड निर्देशिका जारी गर्दै सरकारले कोभिड-१९ परीक्षण नीजि प्रयोगशालाले पनि गर्न सक्ने बाटो खोलेको हो ।

सरकारले बनाएको मापदण्ड अनुसार प्रयोशाला निर्माण गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट छुट्टै अनुमित लिएर नीजि प्रयोगाशालाले परीक्षण गर्न सक्ने मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताउनुभयो । यस्तै सोमबारबाट राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि पिसिआर परीक्षण सुरु भएको छ ।

यो सँगै नेपालमा विभिन्न १६ स्थानमा पिसिआर विधिबाट कोरोना परीक्षण भइरहेको छ । यसैगरी प्रदेश नम्बर १ ले कोरोना परीक्षणका लागि विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १ सय बेडको अस्पताल सञ्चालनमा ल्याएको छ । नेपालमा संक्रमितको संख्या ५२ पुगेको छ । अहिले सबैभन्दा बढी वीरगञ्जमा ३१ जना उपचाररत रहेका छन् ।

यसैरी वीरगञ्जमा ३ तथा भरतपुर र कैलालीमा १-१ जना उपचाररत रहेका छन् । अहिलेसम्म १६ जना संक्रमित उपचारपछि निको भएर घर फर्किसकेका छन् । प्रवक्ता देवकोटाले केही ठाउँमा मात्र कोरोना दोस्रो चरणमा प्रवेश गरेको बताउनुभयो । कोरोनालाई दोस्रो चरणमा नै सिमित राख्न लक डाउनको पूर्ण पालना र क्वारेन्टाइनमा व्यवस्थापनमा ध्यान दिन मन्त्रालयले आग्रह गरेको छ ।

सोमबारसम्म ५३ हजार ५ सय ३४ जनाको नमुना परीक्षण भएको छ । पिसिआर विधिबाट १० हजार ४ सय ७१ र आरडिटी विधिबाट ४३ हजार ८३ जनाको परीक्षण भएको छ । पछिल्लो २४ घण्टामा २ हजार १ सय ८४ जनाको नमुना परीक्षण गरिएको छ ।

सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा आरडिटी परीक्षण भएको छ । त्यहाँ ११ हजार ९ सय ६१ वटा परीक्षण भएका छन् । यसैगरी प्रदेश नम्बर १ मा ४ हजार ५ सय ४५, प्रदेश नम्बर २ मा ५ हजार २ सय ८ र बागमती प्रदेशमा ७ हजार ६ सय २६ वटा परीक्षण भएका छन् ।

यस्तै गण्डकी प्रदेशमा ४ हजार ९ सय २४, प्रदेश नम्बर ५ मा ३ हजार ४ सय ७१ र कर्णाली प्रदेशमा ५ हजार १ सय २८ आरडिटी परीक्षण भएको प्रवक्ता देवकोटाले बताउनुभयो ।

अहिले २० हजार १ सय ९५ जना देशभरी क्वारेन्टाइनमा रहेका छन् । उपत्यकामा ८ र बाहिर ९८ सहित १ सय ६ जना आइसोलेसनमा उपचाररत रहेका छन् ।

प्रकाशित मिति : १५ बैशाख २०७७, सोमबार  ८ : ०४ बजे

टिकट महँगो भएपछि रत्न मन्दिर छिरेनन् विदेशी

पोखरा । गणतन्त्र दिवसका अवसरमा यही जेठ १५ गते खुला

अझै केही दिन देशभर तापक्रम बढ्ने, यस वर्ष बर्षा पनि कम हुने

काठमाडौं । देशभरको तापक्रम अझै केही दिन रहने मौसम पूर्वानुमान

विकास र समृद्धिको ढोका खोल्छौँ : अध्यक्ष केपी ओली

स्याङ्जा । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफू नेतृत्वको

राष्ट्रपति पौडेलसँग स्विस राजदूतको बिदाइ भेट

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग स्विट्जरल्याण्डका राजदूत एलिजाबेथ भोन क्यापलरले

नागरिकता विधेयक राष्ट्रघाती – मनोज भट्ट

बुटवल । राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले राष्ट्रपति रामचन्द्र पौडेलले