९ चैत्र २०८२, सोमबार | March 23, 2026

कोरोना विरूद्धको लडाईंमा चिनिया सहयोग निरन्तर रहने



काठमाडौ । चिनियाँ राष्ट्रपति जिनपिङले कोरोना भाइरसविरुद्धको लडाइमा नेपाललाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ राष्ट्रपति सी जिनफिङबीच भएको टेलिफोन वार्तामा चिनिया राष्ट्रपति सिले कोरोना भाइरस बिरुद्धको लडांईमा चीन नेपालको साथ रहेको बताउंदै नेपाललाई चीनको निरन्तर सहयोग रहने बताउनुभएको हो ।

सोमबार साँझ दुई समकक्षीबीच टेलिफोन वार्ता भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
राष्ट्रपति सिले कोरोनाविरुद्धको लडाइँमा नेपाललाईसहयोग गर्ने प्रतिबद्धता समेत दोहो¥याउनु भएको चिनियाँ सरकारी सञ्चारमाध्यम सिन्ह्वाले अनलाइन संस्करणमा उल्लेख गरेको छ । टेलिफोन संवादमा सीले नेपालमा कोरोनाको संक्रमणको अवस्थाबारे चीन जानकार रहेको र प्रकोपविरूद्धकोे लडाइँलाई गहिरो समर्थन गर्ने बताउनुभएको छ ।

संवादमा राष्ट्रपति भण्डारीले स्वास्थ्य र चिकित्सा संस्थालाई सहयोग अभिवृद्धि गर्न आग्रह गर्नुभएको थियो । साथै टेलिफोन वार्तामा चिनियाँ राष्ट्रपति सीले प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौला प्रत्यारोपणपछि नियमित काममा फर्किएको भन्दै खुशी व्यक्त गर्नुभएको थियो ।

उहाले प्रधानमन्त्री ओलीको सुस्वास्थ्यको कामना समेत गर्नुभएको थियो ।

प्रकाशित मिति : १६ बैशाख २०७७, मंगलबार  ७ : २५ बजे

इरान-अमेरिका/इजरायल युद्धले सन् १९७० दशकको तेल संकटको सम्झना दिलाउँदै

इरानसँगको अमेरिका–इजरायल युद्धका कारण बढ्दो ऊर्जा संकटले सन् १९७० दशकका

रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धका रिट न्यायाधीश शर्मा र मुसलमानको इजलासमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धका

खाडी जान लागेका कामदारहरू भन्छन्, “साथीहरूले नआउ भन्छन्, नजाऊ जागिर खोसिने डर छ”

काठमाडौँ । छोटो छुट्टीमा घर परिवार भेट्न आउनुभएका लिवेक महतलाई

‘राइड सेयरिङ’का एक सय पचहत्तर जना चालकलाई कारबाही

काठमाडौँ । काठमाडौँ उपत्यकामा बढ्दो ट्राफिक चाप, अव्यवस्थित सवारी सञ्चालन

१६ प्रकारका खनिजजन्य वस्तुको उत्खनन अनुमति

काठमाडौं । खानी तथा भूगर्भ विभागले चुनढुङ्गा, रातोमाटो, धातु, पत्थरलगायत