२३ फाल्गुन २०८२, शनिबार | March 8, 2026

प्रधानमन्त्री र सभामुखबीच भेट, संसद अधिवेशन बोलाउने विषयमा छलफल



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्निप्रसाद सापकोटाबीच संसदको आगामी अधिवेशनका विषयमा छलफल भएको छ ।

बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा अधिवेशन बोलाउने विषयमा छलफल भएको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले बताए ।

प्रधानमन्त्री र सभामुखबीच विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताको विषय तथा नीति तथा कार्यक्रमको विषयमा समेत छलफल भएको न्यौपानेले जानकारी दिए ।

संसदको बजेट अधिवेशन अर्थात वर्षे अधिवेशन बोलाउने समय भैसकेको छ । यसअघिको परम्पराअनुसार बैशाख २१ गते सरकारको नीति तथा कार्यक्रम सार्वजनिक हुने गरेको थियो । नीति तथा कार्यक्रमका आधारमा आगामी आर्थिक वर्षको बजेट विनियोजन हुनेगरेको छ । जेठ १५ गते वार्षिक बजेट ल्याउनुपर्ने संवैधानिक बाध्यता रहेको छ ।

सरकारको सिफारिसमा राष्ट्रपतिले संसद अधिवेशन आह्वान गर्ने संवैधानिक व्यवस्था रहेको छ । कोरोना भाइरसको महामारीका कारण देश लकडाउनमा रहेका कारण संसद अधिवेशन आह्वान गर्न अप्ठेरो अवस्था रहेको छ ।

प्रकाशित मिति : १७ बैशाख २०७७, बुधबार  ११ : ४१ बजे

सरकारको जिम्मेवारी शीघ्र हस्तान्तरण गर्नेछौँ : गृहमन्त्री अर्याल

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचनमा प्राप्त जनादेश अनुसारको सरकार

अटो दुर्घटना हुँदा चार जनाको मृत्यु, एक घाइते

चितवन । जिल्लाको कालिका नगरपालिका–९ दब्यटारस्थित भित्री सडकखण्डमा अटो दुर्घटना

‘पाँच वर्षे कार्यकाल निर्विघ्न सफल रहोस्’ भन्दै ओलीले दिए बालेन्द्रलाई बधाई

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं झापा-५ का पराजित उम्मेदवार

सुर्खेत-१ मा कांग्रेसका खड्का विजयी

सुर्खेत । सुर्खेत प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं १ मा

झापा-५ मा बालेन्द्रको ऐतिहासिक जीत, ओली ४९ हजारभन्दा बढी मतान्तरले पराजित

काठमाडौं । झापा क्षेत्र नम्बर ५ मा प्रतिनिधिसभा सदस्यको निर्वाचनमा