११ जेष्ठ २०८३, सोमबार | May 25, 2026

बहुप्रतिक्षित नेकपा सचिवालय बैठक बालुवाटारमा जारी



काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को बहुप्रतिक्षित सचिवालय बैठक सुरु भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा पार्टीभित्र उत्पन्न विवादबारे छलफल भैरहेको छ । पछिल्लो पटक सरकारले जारी गरेको दुई वटा अध्यादेशपछि पार्टीभित्रको विवाद सडकमा पोखिएको अवस्थामा आयोजित बैठकलाई महत्वका साथ हेरिएको छ । बैठकमा नेताहरुबीच सहमति भएमा पार्टीको स्थायी कमिटी बैठकका आह्वान हुनेछ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीमा छलफल नगरी राजनीतिक पार्टी विभाजनका लागि सहज बाटो खोल्ने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश र संवैधानिक परिषद्सम्बन्धी संशोधन अध्यादेश जारी गरेपछि नेकपाभित्र विवाद उत्कर्षमा पुगेको थियो । पार्टी झण्डै झण्डै फुटको अवस्थामा पुगेको छ । शिर्ष नेताले अलिकति पनि विवेक नपुर्याएको अवस्थामा दुई वर्ष अघि एकीकृत बनेको नेपाल कम्युनिष्ट पार्टीमा पुनः विभाजन हुनसक्ने देखिएको छ ।

कोरोना भाइरसको महामारीसँग एकीकृत भएर जुध्नु पर्नेमा पार्टी विभाजनको अवस्थासम्म पुगेपछि पार्टी एकताका पक्षधरहरु भने चिन्तित बनेका छन् । यसैकारण अहिले जारी सचिवालय बैठकलाई नेकपाका नेता कार्यकर्ता, शुभचिन्तकले मात्र नभएर नेकपा विरोधी शक्तिले पनि नजिकबाट नियालिरहेका छन् ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एवं नेता माधवकुमार नेपालबीचको विवाद अहिले सडकमा पोखिए पनि विवादको जड भने गत केन्द्रीय कमिटी बैठकपछि सुरु भएको थियो । अध्यक्षद्वय ओली र प्रचण्डको समझदारीमा चलेको पार्टी एवं सरकारका गतिविधिमा प्रचण्डको छायाँ पर्न नदिन ओली समुह सक्रियतापूर्वक लागेको छ भने सरकारका कतिपय काम र गतिविधिलाई प्रचण्ड एवं माधव नेपाल समुहले अस्वीकार गर्दै आएका छन् ।

बालुवाटार, खुमलटार भैसेपाटी र कोटेश्वरमा गुटका अलगअलग बैठकहरु हुन थालेपछि नेकपाको संगठनात्मक पद्दती अहिले छिन्नभिन्न जस्तै बनेको छ । शक्तिशाली नेपाल कम्युनिष्ट पार्टी शिर्ष नेताहरुको स्वार्थ र इगोका कारण फुटको संघारसम्म आइपुग्दा संयुक्त मोर्चाको हैसियत जस्तो बनेको देखिएको छ ।

नेकपाको सचिवालयमा प्रधानमन्त्री केपी शर्मा ओली अल्पमतमा रहेका छन् । ओलीको पक्षमा खुलेर इश्वर पोखरेलले मात्र साथ दिएका छन् भने महासचिव विष्णु पौडेलको पनि साथ रहेकै छ । अध्यक्ष प्रचण्ड र नेता नेपालको पक्षमा भने झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम, नारायणकाजी श्रेष्ठ रहेका छन् । गृहमन्त्री रामबहादुर थापा बादल भने अहिलेसम्म कतै खुलेर लागेका छैनन् । महासचिव पौडेल र थापा पार्टी एकतालाई जोगाउन प्रयासरत रहेका छन् ।

प्रकाशित मिति : १७ बैशाख २०७७, बुधबार  ६ : ४४ बजे

सिद्धबाबा सुरुङमार्ग आगामी असोजदेखि सञ्चालनमा ल्याउने तयारी

बुटवल । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल-पाल्पा सडकखण्डमा निर्माणाधीन सिद्धबाबा सुरुङमार्ग आगामी

साफ महिला च्याम्पियनसिप आजदेखि सुरु, नेपालले पहिलो खेलमा भुटानसँग खेल्दै

काठमाडौं । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) को आयोजनामा हुने

हुरीले बिजुली आपूर्तिमा अवरोध, मर्मत जारी : विद्युत् प्राधिकरण

काठमाडौं । हुरीका कारण देशका विभिन्न स्थानमा रुख ढल्दा अस्थायी

लुम्बिनी प्रदेशको वार्षिक नीति तथा कार्यक्रम आज पेस हुँदै

लुम्बिनी । लुम्बिनी प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को

मापसेबाट गत वैशाखमा देशभर १२४ सवारी दुर्घटना, १२ जनाको मृत्यु

काठमाडौं । गत वैशाख महिनामा देशभरमा मादक पदार्थ सेवन (मापसे)