९ चैत्र २०७९, बिहिबार | March 23, 2023

बहुप्रतिक्षित नेकपा सचिवालय बैठक बालुवाटारमा जारी



काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को बहुप्रतिक्षित सचिवालय बैठक सुरु भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा पार्टीभित्र उत्पन्न विवादबारे छलफल भैरहेको छ । पछिल्लो पटक सरकारले जारी गरेको दुई वटा अध्यादेशपछि पार्टीभित्रको विवाद सडकमा पोखिएको अवस्थामा आयोजित बैठकलाई महत्वका साथ हेरिएको छ । बैठकमा नेताहरुबीच सहमति भएमा पार्टीको स्थायी कमिटी बैठकका आह्वान हुनेछ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीमा छलफल नगरी राजनीतिक पार्टी विभाजनका लागि सहज बाटो खोल्ने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश र संवैधानिक परिषद्सम्बन्धी संशोधन अध्यादेश जारी गरेपछि नेकपाभित्र विवाद उत्कर्षमा पुगेको थियो । पार्टी झण्डै झण्डै फुटको अवस्थामा पुगेको छ । शिर्ष नेताले अलिकति पनि विवेक नपुर्याएको अवस्थामा दुई वर्ष अघि एकीकृत बनेको नेपाल कम्युनिष्ट पार्टीमा पुनः विभाजन हुनसक्ने देखिएको छ ।

कोरोना भाइरसको महामारीसँग एकीकृत भएर जुध्नु पर्नेमा पार्टी विभाजनको अवस्थासम्म पुगेपछि पार्टी एकताका पक्षधरहरु भने चिन्तित बनेका छन् । यसैकारण अहिले जारी सचिवालय बैठकलाई नेकपाका नेता कार्यकर्ता, शुभचिन्तकले मात्र नभएर नेकपा विरोधी शक्तिले पनि नजिकबाट नियालिरहेका छन् ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एवं नेता माधवकुमार नेपालबीचको विवाद अहिले सडकमा पोखिए पनि विवादको जड भने गत केन्द्रीय कमिटी बैठकपछि सुरु भएको थियो । अध्यक्षद्वय ओली र प्रचण्डको समझदारीमा चलेको पार्टी एवं सरकारका गतिविधिमा प्रचण्डको छायाँ पर्न नदिन ओली समुह सक्रियतापूर्वक लागेको छ भने सरकारका कतिपय काम र गतिविधिलाई प्रचण्ड एवं माधव नेपाल समुहले अस्वीकार गर्दै आएका छन् ।

बालुवाटार, खुमलटार भैसेपाटी र कोटेश्वरमा गुटका अलगअलग बैठकहरु हुन थालेपछि नेकपाको संगठनात्मक पद्दती अहिले छिन्नभिन्न जस्तै बनेको छ । शक्तिशाली नेपाल कम्युनिष्ट पार्टी शिर्ष नेताहरुको स्वार्थ र इगोका कारण फुटको संघारसम्म आइपुग्दा संयुक्त मोर्चाको हैसियत जस्तो बनेको देखिएको छ ।

नेकपाको सचिवालयमा प्रधानमन्त्री केपी शर्मा ओली अल्पमतमा रहेका छन् । ओलीको पक्षमा खुलेर इश्वर पोखरेलले मात्र साथ दिएका छन् भने महासचिव विष्णु पौडेलको पनि साथ रहेकै छ । अध्यक्ष प्रचण्ड र नेता नेपालको पक्षमा भने झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम, नारायणकाजी श्रेष्ठ रहेका छन् । गृहमन्त्री रामबहादुर थापा बादल भने अहिलेसम्म कतै खुलेर लागेका छैनन् । महासचिव पौडेल र थापा पार्टी एकतालाई जोगाउन प्रयासरत रहेका छन् ।

प्रकाशित मिति : १७ बैशाख २०७७, बुधबार  ६ : ४४ बजे

देवचुलीमा छाडा चौपायाको व्यवस्थापन

त्रिवेणी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको देवचुली नगरपालिकाले छाडा चौपायाको

कर्णालीमा ९६ प्रतिशत नागरिक दूषित पानी पिउँदै

सुर्खेत । कर्णाली प्रदेशका ९६ प्रतिशतभन्दा बढी नागरिक प्रदूषण भएको

महङ्गियो चलचित्र निर्माण

काठमाडौं । केही समयअघि तेलुगु चलचित्र उद्योगले सुटिङ नै बन्द

पस्मिनाको गुणस्तर परीक्षणका लागि विज्ञ टोली मुस्ताङमा

म्याग्दी । पस्मिनाको कच्चापदार्थ च्याङ्ग्राको भुवाको गुणस्तर परीक्षणका लागि विज्ञ

लोसपाद्वारा बैठक आह्वान

काठमाडौं । आगमी बैशाख १० गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन