१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

लियो क्लव अफ तिलोत्तमाको अध्यक्षमा गुरुङ्ग निर्वाचित



बुटवल । लियो क्लव अफ तिलोत्तमाको अनलाईन प्रविधि मार्फत निर्वाचन सम्पन्न भएको छ । कोरोनाको संक्रमण फैलिन नदिन सरकारले जारी गरेको लकडाउनको पुर्ण पालना गर्दै क्लवले अनलाईन प्रविधिलाई प्रयोग गर्दै निर्वाचन गरेको हो ।

अनलाईन प्रविधि मार्फत भएको निर्वाचनमा बर्ष २०२०/२१ का लागि अध्यक्षमा सिद्धार्थ गुरुङ्ग निर्वाचित हुनुभएको छ । उहा एक सफल युवा व्यवसाय हुनुहुन्छ । त्यस्तै क्लवको प्रथम उपाध्यक्षमा चंचल कुमार कार्की, द्धितिय उपाध्यक्षमा अनिल पंगेनी, तृतिय उपाध्यक्षमा दिनेश कुमार श्रेष्ठ निर्वाचित हुनुभएको छ ।

त्यस्तै क्लवको सचिवमा मिजास आचार्य, सहसचिवमा सृष्टि ढकाल निर्वाचित हुनुभएको छ । क्लवको कोषाध्यक्षमा अमित पौडेल र सहकोषाध्यक्षमा आकाश सापकोटा निर्वाचित हुनुभएको छ । त्यस्तै क्लवका डाइरेक्टरमा प्रतिक कसजु, सुवर्ण सिंह सिलवाल, विवेक ज्ञवाली,अर्जुन क्षेत्री, सुमी श्रेष्ठ, एलिशा ओझा र सृष्टि घिमिरे रहनुभएको छ । क्लवको मेम्बरसिप डाइरेक्टर सन्तोष केसी, इभेन्ट डाइरेक्टर अविरल खनाल रहनुभएको छ ।

क्लवको सचेतकमा इसा बज्राचार्य, जनसम्पर्क अधिकृत गौरव रिजाल र जिन्सी प्रमुखमा केयुस लाकौल निर्वाचित हुनुभएको निर्वाचत अधिकृत क्लवका पूर्व अध्यक्ष सुमित श्रेष्ठले जानकारी दिनुभयो ।

लियो क्लव अफ तिलोत्तमाका एक्शटेन्सन चेयर पर्सन पुरुषोत्तम भक्त प्रधानाङ्ग, क्लवका लियो एडभाइजर प्रमोद कसजु संस्थापक अध्यक्ष सन्देश श्रेष्ठ, पुर्व अध्यक्षहरु निर्मित कसजु, क्रृषवमान थैव, बिकाश महत, चिरञ्जिवी थैव सुमित श्रेष्ठ, आशिष गौचन राजन कसजुको सहभागितामा क्लवले नयाँ नेतृत्वका लागि निर्वाचन गरेको थियो ।

सोही अवसरमै निर्वाचित अध्यक्ष गुरुङ्गले क्लवले यस अघि गरेको सामाजिक कार्यहरुलाई निरन्तरता दिने प्रतिबद्धता जनाउनुभएको थियो ।

प्रकाशित मिति : १८ बैशाख २०७७, बिहिबार  १० : २४ बजे

विद्युत् उपभोगमा भ्याट लगाउने निर्णय फिर्ता लिन कुलमान घिसिङको माग

काठमाडौं । पूर्वऊर्जामन्त्री तथा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले

आर्थिक रुपान्तरणको मुख्य आधार ऊर्जा र सिँचाइलाई बजेटमा उच्च प्राथमिकता

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमा ऊर्जा क्षेत्रलाई विशेष

स्वास्थ्यमा समस्या देखिएपछि प्रचण्ड अस्पताल भर्ना, निमोनियाको आशंका

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’

भारतको कुशीनगरबाट ४५३ जना नेपालीको उद्धार, बेलहिया नाका हुँदै भैरहवा ल्याइयो

भैरहवा । भारतको उत्तर प्रदेशको कुशीनगरबाट उद्धार गरिएका ४५३ जना

पेट्रोलियम उत्पादनका लागि सम्झौताको गृहकार्य

काठमाडौँ । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्पादनका लागि दोस्रो