४ पुस २०८२, शुक्रबार | December 20, 2025

राष्ट्रियताको मुद्दामा सस्तो टिप्पणी नगर्न सरकारलाई काँग्रेसको चेतावनी



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारलाई राष्ट्रियताको मुद्दामा मनलाग्दी नगर्न चेतावनी दिएको छ ।

बिहीबार आयोजित पत्रकार सम्मेलनमा काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सरकारलाई राष्ट्रियताको सवालमा परिपक्व र जिम्मेवार बन्न आग्रह गर्नुभयो ।

शर्माले सीमासम्बन्धी विषयमा सत्तपक्ष राजनीतिक प्रोपोगान्डाको बाटोमा संलग्न भएको आरोप लगाउनुभयो ।

‘कालापानी, लिपुलेक र लिम्पियाधुरालगायतको भूगोल नेपालको भू–भाग हुन् अत: कालापानीबाट भारतीय सैनिक फिर्ता हुनुपर्छ र नेपालको निर्वाध हक ती भू–भागमा कायम हुनुपर्छ भनेर नेपाली कांग्रेसले विगतदेखि नै प्रस्ट धारणा राख्दै आएको छ । ती भू–भागलाई समेटेर सरकारले सार्वजनिक गरेको नक्साका पक्षमा नेपाली कांग्रेस रहेको जानकारी सर्वदलीय बैठक मार्फत दिइसकिएको छ,’ प्रवक्ता शर्माले भन्नुभयो ।

‘एकातर्फ नेपाली कांग्रेसले ‘समय मागेको’ झुटको अभिव्यक्ति र अर्कातर्फ कांग्रेसको अनुरोधमा संशोधन प्रस्तावलाई कार्यसूचीबाट हटाइएको गोयबल्स शैलीको प्रोपोगान्डाप्रति हाम्रो गम्भीर आपत्ति छ,’ शर्माले भन्नुभयो ।

पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सरकारको कमजोर तयारीका कारण कोरोना संक्रमण तीव्र रुपमा विस्तार भइरहेको आरोप लगाउनुभयो ।

प्रकाशित मिति : १५ जेष्ठ २०७७, बिहिबार  ४ : ३४ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको