१३ असार २०८३, शनिबार | June 27, 2026

‘फेक न्यूज’को धन्दा चलाउने भारतीय संचार माध्यमलाई नेपाली सेनाको गम्भीर चेतावनी



काठमाडौं । भारतीय संचार माध्यमबाट नेपालबारे निरन्तर फेक न्यूज प्रकाशन प्रसारण गर्ने क्रम रोकिएको छैन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले छिमेक प्रथमको नीति लिएको भनेपनि उनकै सत्ताबाट पालिएका तथाकथित भारतीय संचारमाध्यमहरुले सबै छिमेकी विरुद्ध भ्रामक समाचारहरु सम्प्रेषण गरेर छिमेकीसँग सम्बन्ध बिगारिरहेका छन् ।

पछिल्लो समय नेपाल विरुद्ध फेक न्यूजको बाढी नै आउन थाले पछि देशको सार्वभौमसत्ता, भौगोलिक अखण्डताको रक्षार्थ कटिवद्ध नेपाली सेनाले फेक न्यूज विरुद्ध गम्भीर चेतावनी दिएको छ ।

सरकार र राजनीतिक दलहरु विरुद्ध फेक न्यूजको धन्दा चलाउँदै आएका भारतीयहरुले नेपाली सेनामाथि नै गम्भीर आक्षेप लगाउँदै समाचार प्रकाशित गरेपछि बिहीबार मध्यरातमा सेनाले प्रेस विज्ञप्ति जारी गर्दै चेतावनी दिएको हो ।

नेपाली सेनाले नेपालको संविधानअनुरुप सरकारको निर्देशन पालना गर्न कटिवद्ध रहेको जनाएको छ।

भारतीय दुई वटा सञ्चारमाध्यमले लेखेका खबरको खण्डन गर्ने क्रममा जंगी अड्डाको जनसम्पर्क तथा सूचना निर्देशनालयले बिहिबार राति १० बजेर ५५ मिनेटमा विज्ञप्ति जारी गरेको हो।

हिन्दुस्तानटाइम्स डट कम र टीएफआइपोष्ट डट कममा प्रकाशित खबरको खण्डन गर्दै सेनाले भनेको छ,
, ‘उक्त भ्रामक समाचार दुई मित्रराष्ट्र तथा विशिष्ट ऐतिहासिक सम्बन्ध भएका दुई सेनाहरूबीचको सम्बन्ध र विश्वासमा नकारात्मक असर पुर्याउने उद्देश्यबाट प्रेरित देखिन्छ।’

भ्रामक, दुरासयपूर्ण, काल्पनिक तथा निराधार समाचारप्रति नेपाली सेनाको गम्भीर ध्यानाकर्षण भएको भन्दै सेनाले आफुप्रति लक्षित यसप्रकारका अफवाहहरूमा विश्वास नगर्न अनुरोध गरेको छ।

हिन्दुस्तानटाइम्सले जेठ १४ गते ‘इन ह्युज सेटब्याक टु पीएम ओली, नेपाल्स न्यु पोलिटिकल म्याप हिट्स अ रोडब्लक’ शीर्षक तथा टीएफआइपोष्टले जेठ १५ गते ‘ओली अर्डर नेपाल चिफ अफ आर्मी टु रिबुट इन्डियन आर्मी चिफ्स रिमार्कस्, द नेपलिज जेनरल सेड नो थ्याङ्क्स’ शीर्षकमा समाचार प्रकाशित गरेका थिए ।

दुवै समाचार भारतले नेपालको भूमि अतिक्रमण गरेपछि नेपालले गरेको गम्भीर आपत्ति र त्यसलगत्तै नेपालले आफ्नो नयाँ नक्शा जारी गरेपछि भारतीय स्थल सेनाध्यक्ष एमएम नरवणेले नेपालबारे दिएको आपत्तिजनक अभिव्यक्तिसँग सम्बन्धित रहेका छन् ।

सेनाले भनेको छ, ‘राष्ट्रिय एकता थप मजबुत बनाउनु पर्ने वर्तमान परिस्थितिमा नेपालमा विभाजन ल्याउने तथा नेपाली सेनालाई अनावश्यक विवादमा तान्ने कुत्सित मनसायले नेपाली सेनाप्रति लक्षित यस प्रकारको अफवाहहरुमा विश्वास नगर्न आमपाठक तथा स्वाभिमानी नेपाली नागरीकलाई हार्दिक अनुरोध गरिन्छ। यस सम्बन्धमा माननीय उपप्रधान तथा रक्षामन्त्रीज्यूबाट समेत धारणा सार्वजनिक भईसकेको जानकारी गराउँदै नेपाली सेना नेपालको संविधानअनुरुप नेपाल सरकारबाट प्राप्त बैधानिक निर्णय र निर्देशन पालना गर्न सदैव कटिवद्ध रहेको जानकारी पनि गराउन चाहन्छौँ ।’

नेपाली सेनाले आगामी दिनहरुमा समेत विभिन्न माध्यमबाट नेपाल, नेपाली नागरिक र नेपाली सेनासम्वन्धी यस प्रकारका अफवाहहरु फैलाउन प्रयासहरु हुन सक्ने भएकोले सचेत र सजग रहन अनुरोध गरेको छ ।

प्रकाशित मिति : १६ जेष्ठ २०७७, शुक्रबार  ७ : २३ बजे

काठमाडौंमा बर्डफ्लु बढ्दै : एघार जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि

ललितपुर । काठमाडौं उपत्यकामा पछिल्लो तीन महिनायता देखिएको बर्डफ्लु (एच-फाइभ

न्युजिल्यान्डलाई पराजित गर्दै बेल्जियम नकआउट चरणमा

काठमाडौं । न्युजिल्यान्डलाई पराजित गर्दै बेल्जियम विश्वकप फुटबलको नकआउट चरणमा

धार्मिक दिब्यधाममा कृषि विकास बैंकले गरिदियो खानेपानीको प्रबन्ध

खजुरा । कृषि विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत बाँकेको

‘फोर्स जीप’ दुर्घटनामा आठ जना घाइते

रुकुम पश्चिम । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका-६ डाँगीमोडस्थित राप्ती राजमार्गमा

इराकमाथि ५-० को फराकिलो जित, सेनेगलको नकआउट सम्भावना जीवित

काठमाडौं । फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह ‘आई’ को