१ कार्तिक २०८३, शनिबार | October 17, 2026

रौतहतमा संक्रमित आइसोलेसन लैजान अवरोध, दर्जन बढी हवाई फायर



रौतहट । पश्चिम बांकेमा क्वारेन्टाईनबाट भगाउने र एम्बुलेन्स र सुरक्षाकर्मीलाई छेक्न रोक्न खोजेको घटना सेलाउन नपाउंदै पुर्व रौतहटमा पनि संक्रमितलाई आइसोलेसनमा लैजान रोक लगाउन खोजेकाछन् ।

संक्रमण पुष्टी भएकालाई आइसोलेसनमा लैजान खोज्दा स्थानीयले अवरोध गर्न खोजेपछि रौतहटको इशनाथ नगरपालिकामा तनाव भएको छ । कोरोना भाइरस संक्रमितलाई आइसोलेसनमा लैजानका लागि पुगेको प्रहरी र स्वास्थ्यकर्मीलाई स्थानीयले रोक्न खोजेपछि त्यहां तनाव भएको हो । स्थानीयको अवरोध हटाउन प्रहरीले प्रहरीले १२ राउण्ड हवाई फायर गरेको छ ।

इशनाथ नगरपालिका–७ को जोकाहास्थित अनवारुल इस्लामिक मदरसाको क्वारेन्टाइनमा राखिएका २ व्यक्तिलाई आइसोलेसनमा लैजाने क्रममा स्थानीयले अवरोध भएपछि शुक्रबार बिहान तनाव भएको हो ।

दुई संक्रमितलाई अर्को स्थानमा रहेको आइसोलेसनमा लैजान पुगेका चिकित्सक र सुरक्षाकर्मीलाई स्थानीयले त्यहीँ राख्न माग गर्दै अवरोध गरेपछि तनाव भएको प्रहरीले जनाएको छ ।

आक्रोसित स्थानीयले प्रहरीको गाडीमा तोडफोड गरेका छन् । प्रहरी र स्वास्थ्यकर्मीमाथि स्थानीयले आक्रमण गरेपछि जिल्ला प्रहरी कार्यालय, रौतहटले थप प्रहरी पठाएको थियो । स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको सहयोगका लागि थप प्रहरी घटनास्थल पुगेका थिए । प्रहरीले अवस्थालाई काबुमा राख्न झण्डै १ दर्जन हवाई फायर गरेको थियो ।

प्रकाशित मिति : १६ जेष्ठ २०७७, शुक्रबार  १२ : ३५ बजे

तातोपानी नाका तीन दिन खुल्ने

काठमाडौं । तातोपानी नाका तीन खुल्ने भएको छ । यही

पत्रकार किशोर श्रेष्ठलाई छलफलका लागि भन्दै साइबर ब्युरो लगियो

काठमाडौं । जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई छलफलका लागि भन्दै

दसैँको भोजमा मासु कति खाने ? धेरै खाँदा हुन सक्छ यस्तो असर

काठमाडौं । दसैँमा परिवार र आफन्तसँग बसेर विभिन्न परिकारका मासु

कांग्रेस सभापति गगन थापाले आज शपथग्रहण गर्दै

काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले आज शनिबार

देशका विभिन्न स्थानबाट लागुऔषधसहित १४ जना पक्राउ

काठमाडौं । प्रहरीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित १४ जनालाई पक्राउ