७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

अब्बल बन्दैछ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान



जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा आफ्नो अब्बलता प्रस्तुत गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना उपचारका लागि निर्धारण गरेका देशका अस्पतालमध्ये सो अस्पताल अहिले दोस्रो स्थानमा रहेको जनाइएको छ ।

कोरोनाको सम्भावित जोखिमलाई ध्यान दिँदै प्रतिष्ठानका नेतृत्वले शुरुमै यसको नियन्त्रण तथा उपचारमा स्वास्थ्यकर्मीबीचको छलफललाई सघनता दिएका थिए । अस्पताल निर्देशक डा मङ्गल रावल भन्नुभयो, “ नेपालमा कोरोनाका बिरामी देखा परेसँगै प्रतिष्ठानले कोभिड टाक्स ग्रुप बनाएर आफ्नो गतिविधि अगाडि बढाइसकेको थियो । प्रतिष्ठानमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीलाई जोखिमका बारेमा पूर्व तयारीमा रहन ध्यान आन्तरिक तयार गरेका थिऔँ ।”

शुरुआति दिनमा स्थानीयस्तरमै पिपिइ सेट तथा स्यानिटाइजरको प्रतिष्ठानले आफैले व्यवस्थापन थियो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको मूल्याङ्कनका अनुसार कोरोना सम्बन्धी सेवा तथा उपचारका लागि काठमाडौँस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पछि प्रतिष्ठान परेको छ ।

आगामी वर्षको बजेटमा समेत प्रतिष्ठान उच्च प्रथामिकतामा परेको छ । “कर्णावासीलाई स्वास्थ्य सेवा दिन प्रतिष्ठानले अहोरात्र जुटिरहेको छ । ”प्रतिष्ठानका उपकुलपति प्राडा राजेन्द्रराज बाग्लेले भन्नुभयो ।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणसम्बन्धी बनेको उच्चस्तरीय समिति सिसिएमसीको बैठकमा प्रतिष्ठानको कामले यतिबेला चर्चा पाएको छ । प्रतिष्ठानले परिचालन गरेको जनशक्ति र कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको बिधि (मोडालिटी) देशभरिका लागि नै अनुशरण योग्य भएको बताइएको छ ।

माथिल्लो कर्णालीको मात्र कोरोना परीक्षण जिम्मेवारी पाएको प्रतिष्ठानले सुर्खेत र दैलेख जिल्लाका पनि स्वाब परीक्षण गर्न थालेको छ । ती जिल्लाका एक हजार ४० जनाको स्वाब परीक्षणमा दैलेख नारायण नगरपालिकाभित्रका १४ जना कोरोना सङ्क्रमण पुष्टि भएको प्रतिष्ठानका प्रयोगशाला प्रमुख विवेक पुनमगरले जानकारी दिनुभयो । गत वैशाख २२ देखि सञ्चालनमा ल्याएको पिसीआर उपकरणबाट अहिलेसम्म तीन हजार बढीको स्वाब परीक्षण भएको प्रतिष्ठानका शिक्षाध्यक्ष डा निरेश थापाले जानकारी दिनुभयो । सबैभन्दापछि उपकरण सञ्चालनमा ल्याए पनि काम द्रुतगतिमा भइरहेको प्रतिष्ठानका प्रशासकीय अधिकृत अमृत भण्डारीले जानकारी दिनुभयो ।

प्रतिष्ठानमा कार्यरत विशेषज्ञ चिकित्सक अशोक गौतम हुम्लामा स्वास्थ्य सेवा प्रदान गरिरहनुभएको छ । दैनिक आठ घण्टाको यात्रा गरेर सर्वसाधारणलाई स्वास्थ्य सेवा दिइरहनुभएको छ । कोरोना भाइरस सङ्क्रमण फैलन अपनाउनुपर्ने सावधानीका विषयमा स्थानीयवासीलाई सतर्क गरिरहनुभएको छ । सधैँ प्रतिष्ठानमा आउने बिरामीको मात्र हेरबिचार गर्नुभएका उहाँ दुर्गममा निकै जम्नुभएको छ । उहाँसँगै स्वास्थ्यकर्मी कर्मेन्द्र न्यौपाने हुनुहुन्छ । सदरमुकाम सिमिकोटबाट झण्डै तीन दिनको यात्रा गरेर पुगिने दुर्गम क्षेत्रका सेवा गर्दै आउनुभएको छ ।

प्रतिष्ठानका अर्का विशेषज्ञ चिकित्सक शेरमान गुरुङ मुगुको कार्मारोङमा खटिनुभएको छ । उहाँ निकै खुशी हुनुहुन्छ । कर्णाली पहिलेदेखि स्वास्थ्य सेवाका हिसाबले निकै कमजोर क्षेत्र हो । तर अहिले गाउँगाउँमा विशेषज्ञ सेवा सञ्चालन भइरहेको छ । कोराना भाइरसको जोखिमका समयमा उहाँ स्वाब सङ्कलन गर्ने र बिरामीको जाँच गर्ने कार्य गरिरहनुभएको छ ।

विशेषज्ञ चिकित्सक टङ्क आचार्य कालिकोटमा सेवारत हुनुहुन्छ । उहाँ यतिबेला बिरामीको उपचार तथा स्वाब सङ्कलनमा ब्यस्त हुुनुहुन्छ । हुम्लाको एलवाङ, सर्केघाट, दार्मा, श्रीनगर र अदानचुलीमा चिकित्सक तथा स्वास्थ्यकर्मी खटिका छन् । हुम्लाको लागि मात्र छ चिकित्सक खटिएका हुन् । मुगुको सोरु र कार्मारोङ क्षेत्रमा एक महिनाको लागि चिकित्सकको टोली खटाइएको रजिष्ट्रार विश्वराज काफ्लेले जानकारी दिनुभयो । कोरोनामा केन्द्रित गरेर चिकित्सक तथा स्वास्थ्यकर्मी परिचालन गरिएको उहाँको भनाइ छ । गाउँमा स्वास्थ्यकर्मी पुग्दा मुगुबासी निकै खुशी छन् । कर्णालीको हुम्ला, मुगु हेलिकोप्टरले स्वास्थ्यकर्मीको टोली पु¥याएको थियो ।

कालिकोट जिल्लाको रासकोट, शुभकालिका र महावै गाउँपालिकामा प्रतिष्ठानको चिकित्सक खटिएका छन् । गाउँमा बिरामीको जाँच, कोरानाका बारे सचेतना र कोरोना परीक्षणका लागि स्वाब सङ्कलन जारी रहेको छ ।
-रासस

प्रकाशित मिति : १७ जेष्ठ २०७७, शनिबार  ३ : ४७ बजे

बन्द भएका उद्योग सञ्चालन गर्न सरकारले नयाँ नीति ल्याउँछः मन्त्री भण्डारी

चितवन । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले विभिन्न कारणले

सर्वोच्चको फैसला नआएसम्म कांग्रेसले गण्डकी प्रदेशसभा बहिष्कार गर्ने

पोखरा । नेपाली कांग्रेसले गण्डकी प्रदेश सभा बैठक बहिस्कार गर्ने

निजी विद्यालयलाई महानगरको निर्देशन – एकपटक भर्ना भएका विद्यार्थी अर्को कक्षामा जाँदा शुल्क नलिनु

काठमाडौं । काठमाडौं महानगरपालिकाले निजी विद्यालयहरुले विद्यार्थी भर्ना गराउँदा कानूनबमोजिम

जसपाकी समानुपातिक सांसद हसिनाले लिइन् शपथ

काठमाडौं । सभामुख देवराज घिमिरेले जनता समाजवादी पार्टी (जसपा)की समानुपातिक

एकीकृत समाजवादीले सदस्यताको प्रमाणीकरण गर्दै

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले महाधिवेशन प्रतिनिधि चयन गर्न पार्टीका