१७ श्रावण २०८३, आइतबार | August 2, 2026

संविधान संशोधन विधेयकलाई समर्थन गर्ने काँग्रेसको निर्णय



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन विधेयकलाई समर्थन गर्ने निर्णय गरेको छ ।

काँग्रेस केन्द्रीय कार्यसमितिको शनिबार बसेको बैठकले संविधान संशोधनको पक्षमा उभिने निर्णय गरेको हो । बैठकले संविधान संशोधनको पक्षमा मतदान गर्न पार्टीको संसदीय दललाई निर्देशन दिएको छ ।

भारतले अतिक्रम गरेको नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक कालापानी क्षेत्र समेटेर मन्त्रिपरिषद्ले स्वीकृत गरेको नेपालको नयाँ नक्शालाई संविधानमा समावेश गर्न सरकारले संविधान संशोधन विधेयक दर्ता गराएको छ ।

संविधानको धारा ९ को उपधार २ सँग सम्बन्धित अनुसूची ३ मा रहेको नेपालको निशान छापमा नयाँ नक्शा समावेश गर्ने गरी ल्याइएको संशोधन प्रस्तावको पक्षमा उभिन संसदीय दललाई निर्देशन दिइएको प्रवक्ता विश्वप्रकाश शर्माले बताउनुभयो ।

संविधान संशोधन विधेयक गत बुधबार नै संसदको बैठकमा पेश गर्ने तयारी थियो । तर, काँग्रेसले केन्द्रीय कार्यसमितिबाट निर्णय गर्नका लागि केही समय माग गरेपछि स्थगित भएको थियो । अब विधेयक आइतबार बस्ने प्रतिनिधिसभा बैठकमा पेश हुनेछ । विधेयकलाई फास्ट ट्रयाकबाट पारित गराउने तयारी गरिएको छ ।

प्रकाशित मिति : १७ जेष्ठ २०७७, शनिबार  ६ : ०८ बजे

ब्रोड पीकको ५ हजार ७०० मिटरमा भेटियो निर्मल पुर्जाको शव

काठमाडौं । पाकिस्तानको काराकोरम पर्वतशृंखलामा रहेको ८,०४७ मिटर अग्लो ब्रोड

सरकारद्वारा हिम पहिरोमा परी निधन भएका आरोहीप्रति दुःख व्यक्त

काठमाडौं । नेपाल सरकारले विश्वको १२ औँ अग्लो हिमाल ‘ब्रोड

चौंथो स्थापना दिवसमा स्याङ्जा कारिकोट चण्डीभन्ज्याङ सम्पर्क समाजद्वारा रक्तदान, ४३ युनिट रगत संकलन

बुटवल । स्याङ्जा कारिकोट चण्डीभन्ज्याङ सम्पर्क समाज रुपन्देहीले आफ्नो चौंथो

सय बढी नक्कली उत्पादन बरामद

काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक सयभन्दा

प्रहरीमाथि खुकुरी प्रहारको प्रयास गरेपछि गोली हानेर नियन्त्रणमा

काठमाडौँ । नागरिकको जीउधनको सुरक्षा गर्न खटिएका प्रहरीमाथि खुकुरी प्रहारको