१२ बैशाख २०८१, बुधबार | April 24, 2024

संविधान संशोधन विधेयकलाई समर्थन गर्ने काँग्रेसको निर्णय



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन विधेयकलाई समर्थन गर्ने निर्णय गरेको छ ।

काँग्रेस केन्द्रीय कार्यसमितिको शनिबार बसेको बैठकले संविधान संशोधनको पक्षमा उभिने निर्णय गरेको हो । बैठकले संविधान संशोधनको पक्षमा मतदान गर्न पार्टीको संसदीय दललाई निर्देशन दिएको छ ।

भारतले अतिक्रम गरेको नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक कालापानी क्षेत्र समेटेर मन्त्रिपरिषद्ले स्वीकृत गरेको नेपालको नयाँ नक्शालाई संविधानमा समावेश गर्न सरकारले संविधान संशोधन विधेयक दर्ता गराएको छ ।

संविधानको धारा ९ को उपधार २ सँग सम्बन्धित अनुसूची ३ मा रहेको नेपालको निशान छापमा नयाँ नक्शा समावेश गर्ने गरी ल्याइएको संशोधन प्रस्तावको पक्षमा उभिन संसदीय दललाई निर्देशन दिइएको प्रवक्ता विश्वप्रकाश शर्माले बताउनुभयो ।

संविधान संशोधन विधेयक गत बुधबार नै संसदको बैठकमा पेश गर्ने तयारी थियो । तर, काँग्रेसले केन्द्रीय कार्यसमितिबाट निर्णय गर्नका लागि केही समय माग गरेपछि स्थगित भएको थियो । अब विधेयक आइतबार बस्ने प्रतिनिधिसभा बैठकमा पेश हुनेछ । विधेयकलाई फास्ट ट्रयाकबाट पारित गराउने तयारी गरिएको छ ।

प्रकाशित मिति : १७ जेष्ठ २०७७, शनिबार  ६ : ०८ बजे

महोत्तरीको मटिहानीमा सयौ घर जलेर नष्ट, आगो अझैँ नियन्त्रण बाहिर

महोत्तरी । महोत्तरीको मटिहानी नगरपालिकाको वडा नं.६ स्थित जरलहवा गाछीमा

रविको दाबी – हरेक महिना ठूलो भ्रष्टाचारीलाई पक्रन्छु भनेको छु, सप्राइज कुरेर बस्नु होला

इलाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं गृहमन्त्री रवि

तिलोत्तमाको जंगलमा डढेलो निभाउन गएको दमकल आफै जलेर ध्वस्त

बुटवल । रुपन्देहीमा डढेलो निभाउन गएको एक दमकल आफै डढेलोको

कर्णालीका नवनियुक्त मन्त्री परियारले लिए शपथ

सुर्खेत । कर्णाली प्रदेशका नवनियुक्त मन्त्री रणसिंह परियारले पद तथा

स्वदेश फर्किए कतारका अमिर शेख तमिम

काठमाडौं । मित्रराष्ट्र कतारका अमिर शेख तमिम विन हमाद अल