३ पुस २०८२, बिहिबार | December 19, 2025

समृद्धिका लागि तीन तहबीच समन्वय आवश्यक : मुख्यमन्त्री गुरुङ



पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले समृद्धिका लागि तीनवटै तहबीच समन्वय आवश्यक भएको बताउनुभएको छ ।

गण्डकी प्रदेश नीति तथा योजना आयोगद्वारा तयार गरिएको प्रथम पञ्चवर्षीय योजनाको पुस्तक लोकार्पण गर्दै मुख्यमन्त्री गुरुङले तीनवटै सरकार एकताबद्ध हुँदै अघि बढ्न सकेको अवस्थामा जनताका अपेक्षा पूरा गर्ने गरी समृद्धि र विकासमा अघि बढ्न सकिन्छ भन्नुभयो ।

आयोगले तयार गरेको प्रथम पञ्चवर्षीय योजनालाई आधारका रुपमा लिँदै आगामी वर्षका नीति तथा कार्यक्रम र बजेट ल्याउने तयारी भइरहेको जानकारी दिँदै आयोगका अध्यक्षसमेत रहनुभएका उहाँले समृद्ध प्रदेश र सुखी प्रदेशवासीको लक्ष्य प्राप्तिका लागि सरकार क्रियाशील बन्ने उल्लेख गर्नुभयो ।

सङ्घ सरकारले ल्याएको आर्थिक वर्ष २०७७÷७८ बजेमा आएको चालू खर्चबाट जनअपेक्षा पूरा गर्न नसकिने बताउँदै उहाँले फजुल खर्च कटौती गरी विकासतर्फ बढाउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

योजनामा गण्डकी प्रदेशको समग्र विकासका लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन लक्ष्यसहित समृद्धि र सुखका मुख्य सूचक निर्धारण गरिएको उहाँले बताउनुभयो ।

“प्रदेशमा उत्पादन र उत्पादकत्व वृद्धि गरी वार्षिक औषत १० प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने र विकसित राष्ट्रसरहको उच्च आय भएको समृद्ध प्रदेश निर्माण गर्ने लक्ष्यसहित यो योजना तयार गरेका छौँ”, उहाँले भन्नुभयो ।

प्रदेशको आर्थिक समृद्धिको मुख्य आधार पर्यटन र कृषि भएको उल्लेख गर्दै उहाँले पर्यटनलाई स्थानीय उत्पादनसँग जोड्नु आवश्यक भएकामा जोड दिनुभयो । जलाशययुक्त जलविद्युत् आयोजनालाई प्राथमिकता दिनुपर्ने औँल्याउँदै उहाँले यससँगै ठूला उद्योग स्थापनामा पनि जोड दिइने उल्लेख गर्नुभयो ।

प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा गिरिधारी शर्मा पौडेलले जनसहभागितामूलक योजना तर्जुमा पद्धति अपनाई प्रथम पञ्चवर्षीय योजना तयार गरिएको जानकारी दिनुभयो । समावेशी, सन्तुलित तथा दिगो सामाजिक, आर्थिक र भौतिक विकास गरी सामाजिक न्यायसहितको समृद्धि र सुख हासिल गर्न योजनाबद्ध विकास गर्नु आवश्यक भएको उहाँले बताउनुभयो ।

प्रदेश सरकारले आफ्नो समृद्धि र सुखका लक्ष्य प्राप्त गर्न प्रथम पञ्चवर्षीय योजना तयार गरेको उहाँले बताउनुभयो ।

प्रकाशित मिति : १८ जेष्ठ २०७७, आइतबार  ३ : ४२ बजे

कालिका कप २०८२ : भलिवल र कबड्डीमा नकआउट चरणका खेल सकिए

बुटवल । कालिका मानवज्ञान माविको ६५ औ बार्षिक उत्सवको अवसरमा

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका

एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनले समसामयिक विषयमा

तदर्थ समिति गठन गर्ने सहमति पछि वरिष्ठ अधिवक्ता गुप्ताले तोड आमरण अनशन

नेपालगन्ज । अदालतको आदेश कार्यान्वयन नगरिएको भन्दै कार्यान्वयनको माग राखेर

निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु हो : अर्थमन्त्री रामेश्वर खनाल

बुटवल । अर्थमन्त्री रामेश्वर खनालले अहिलेको संकट समाधान गर्न निर्वाचनको