५ पुस २०८२, शनिबार | December 20, 2025

स्वास्थ्य मन्त्रालय भन्छ, ‘पछिल्लो २४ घण्टामा नयाँ संक्रमण देखिएन’



काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड—१९) को नयाँ संक्रमण देखिएका छैनन् ।

पछिल्लो २४ घण्टामा परीक्षण भएका १२ सय ५२ वटा नमुनाहरु सबै नेगेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

अहिले नेपालमा ५९ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको छ । यसमा ४९ पुरुष र १० जना महिला रहेको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताउनुभयो ।

संक्रमित मध्ये १६ जना उपचारपछि निको भएर घर फर्किएका छन् । अहिले विराटनगरमा ३१ र वीरगञ्जमा ८ जना उपचाररत रहेका छन् । यसैगरी रुपन्देही, नेपालगञ्ज, भरतपुर र धनगढीमा १—१ जना उपचाररत रहेको प्रवक्ता डा. देवकोटाले बताउनुभयो ।

अहिलेसम्म पिसिआर विधिबाट १३ हजार ९८ वटा परीक्षण भएका छन् । यसैगरी आरडिटी विधिबाट ४८ हजार ५ सय २९ वटा परीक्षण भएका छन् ।

प्रदेश १ मा ५ हजार २ सय ८२, प्रदेश नम्बर २ मा ५ हजार ६ सय ८७, बागमती प्रदेशमा ५ हजार ५ सय १५ वटा आरडटी परीक्षण भएका छन् । त्यसैगरी गण्डकी प्रदेशमा ५ हजार ४ सय ११, प्रदेश नम्बर ५ मा ४ हजार २ सय ४०, कर्णाली प्रदेशमा ५ हजार ५ सय ७१ र सुदूरपश्चिममा १३ हजार ८ सय २३ वटा आरडिटी परीक्षण भएका छन् ।

देशभरी २२ हजार ९ सय ७८ जना क्वारेन्टाइनमा रहेका छन् । प्रदेश नम्बर १ मा २ हजार ८ सय ६५, प्रदेश नम्बर २ मा १ हजार ३ सय ९१ र बागमती प्रदेशमा ५ सय ११ जना क्वारेन्टाइनमा रहेका छन् । यसैगरी गण्डकी प्रदेशमा ६ सय ३२, प्रदेश नम्बर ५ मा ११ हजार ३ सय ४, कर्णाली प्रदेशमा ३ हजार २ सय ७५ र सुदूरपश्चि प्रदेशमा ३ हजार जना क्वारेन्टाइनमा रहेका छन् ।

काठमाडौं उपत्यकामा ४ र बाहिर ८५ गरी ८९ जना अहिले विभिन्न अस्पतालको आइसोलेसनमा उपचाररत रहेका छन् ।

प्रकाशित मिति : २० बैशाख २०७७, शनिबार  ५ : १९ बजे

सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने कुलमानको धारणा

काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङले नारायणी नदीबाट तल्लो तटीय क्षेत्रमा

प्रचण्ड भन्छन् – ‘कम्तीमा एक लाख अट्ने खुला मञ्च नहुनु देशकै लज्जा हो’

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

मधेस प्रदेशसभा : सभामुख पदका लागि नाम दर्ता

धनुषा । मधेस प्रदेशसभाको सभामुख पदका लागि जनता समाजवादी पार्टी

‘जेनजी’ कसैको पेवा हैन, त्यसको नाममा हुने स्टन्ट नगरे हुन्छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

केपीलाई ईश्वरको प्रष्ट सन्देशः ‘विभाजन स्वीकार्य छैन, आत्मसमर्पण पनि हुँदैन’

काठमाडौं । नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीभित्र विभाजन अस्वीकार्य