५ पुस २०८२, शनिबार | December 20, 2025

लायन्स क्लब अफ बुटवल सेन्ट्रलको निर्वाचन सम्पन्न



बुटवल । लायन्स क्लब अफ बुटवल सेन्ट्रलले अनलाईन बैठकबाट वर्ष २०२०/२१ को लागि नयाँ नेतृत्व चयन सम्पन्न गरेको छ ।

कोरोना नियन्त्रणका लागि सरकारले गरेको बन्दाबन्दीको पुर्ण पालना गर्दै क्लबले आज अनलाईन प्रविधिबाट निर्वाचन सम्पन्न गरेको हो ।
निर्वाचनले लायन निरज केसीलाई अध्यक्षमा निर्वाचित गरेको छ ।

साथै क्लबले प्रथम उपाध्यक्षमा जनुरदिन मिया, द्वितिय उपाध्यक्षमा रोहित भुषाल, तृतिय उपाध्यक्षमा बल बहादुर गोदार, सचिवमा सागरमणि पोखरेल, कोषाध्यक्षमा सुरेस ज्ञवालीलाई निर्वाचित गरेको छ ।

साथै एलसीआईएफ कोर्डिनेटरमा बिष्णु कुँवर, मेम्बरसीप चेयरपर्शनमा कृष्ण प्रसाद पौड्याल, मार्केटिङ चेयरपर्शनमा तिलक सुन्दर कार्कि, सर्भिस चेयरपर्शन तोयाराम पौडेल, टेल व्टिस्टरमा उत्तम अर्याल, टायमरमा राजेन्द्र थापा, लियो एडभाइजरमा विष्णु कुँवर र क्लब डाइरेक्टर्समा क्रमशस् दिनेश रावल, जमाल खान, कृष्ण बन्धु अर्याल, दिनेश शर्मा, उमेश कुँवर, कृष्ण प्रसाद पाठक, राजु कुँवर, उमेश चन्द्र शर्मालाई निर्याचित गरेको क्लबका निर्वाचित एलसीआईएफ कोर्डिनेटर कुँवरले जानकारी दिनुभयो ।

कार्यक्रममा निवर्तमान अध्यक्ष लक्ष्मण पोखरेलले नव निर्वाचित पदाधिकारीलाई बधाई दिदैं सफल कार्यकालको शुभकामना दिनुभएको थियो ।
निर्वाचित अध्यक्ष केसीले क्लबले गर्दै आएका हरेक कार्यक्रमहरुलाई निरन्तरता दिने बताउदै आफुलाई निर्वाचन गरेकोमा धन्यबाद दिनुभएको थियो ।

प्रकाशित मिति : २१ बैशाख २०७७, आइतबार  ८ : २९ बजे

सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने कुलमानको धारणा

काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङले नारायणी नदीबाट तल्लो तटीय क्षेत्रमा

प्रचण्ड भन्छन् – ‘कम्तीमा एक लाख अट्ने खुला मञ्च नहुनु देशकै लज्जा हो’

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

मधेस प्रदेशसभा : सभामुख पदका लागि नाम दर्ता

धनुषा । मधेस प्रदेशसभाको सभामुख पदका लागि जनता समाजवादी पार्टी

‘जेनजी’ कसैको पेवा हैन, त्यसको नाममा हुने स्टन्ट नगरे हुन्छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

केपीलाई ईश्वरको प्रष्ट सन्देशः ‘विभाजन स्वीकार्य छैन, आत्मसमर्पण पनि हुँदैन’

काठमाडौं । नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीभित्र विभाजन अस्वीकार्य