५ पुस २०८२, शनिबार | December 20, 2025

पलाञ्चोक भगवती र ऐतिहासिक चण्डेश्वरी जात्रा स्थगित



बनेपा । विश्वमा महामारीका रूपमा फैलिएको कोरोना भाइरस सङ्क्रमण फैलिन नदिन र रोकथाम नियन्त्रण गर्न सरकारले घोषणा गरेको बन्दाबन्दीका कारण काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–९ मा रहेको पलाञ्चोक भगवती मन्दिर र बनेपा नगरपालिका–५ मा रहेको ऐतिहासिक चण्डेवरी मन्दिरमा वैशाख पूर्णिमामा लाग्ने जात्रा स्थगन गरिएको छ ।

पाँचखाल नगरपालिका प्रमुख एवं पलाञ्चोक भगवती मन्दिर संरक्षण विकास समितिका अध्यक्षसमेत रहेका महेश खरेलले प्रसिद्ध ऐतिहासिक धार्मिकस्थल पलाञ्चोक भगवती मन्दिरमा यो वर्षको वैशाख पूर्णिमाको दिन पूजा र जात्रा नगरिने बताउनुभयो ।

कोरोना भाइरस सङ्क्रमण नफैलियोस् भन्नका लागि नगर कार्यपालिकाको यही वैशाख १६ गते बसेको बैठकले मन्दिरमा पूजा र जात्रा नगर्ने निर्णय गरेकाले जात्रा हुने वैशाख २५ र २६ गते सरोकारवाला सङ्घ÷संस्था, गुठी तथा भक्तजनलाई उक्त दिन नित्य पूजाबाहेक अन्य कुनै जात्रा कार्यक्रम नगर्न नगराउनु हुन सबै गुठीयारहरुलाई सूचना गर्न मन्दिर भएको वडा नं ९ को कार्यालयलाई पत्राचार गरेको छ ।

यसैबीच बनेपा नगरपालिका–५ चण्डेश्वरीमा रहेको चण्डेश्वरी मन्दिरमा वैशाख पूर्णिमामा हुँदै आएको जात्रा पनि यस वर्ष स्थगन गरिएको छ । जात्रा व्यवस्थापन गर्ने बनेपा नगरपालिकाले कोरोना भाइरस सङ्क्रमण नियन्त्रणका लागि गरिएको बन्दाबन्दीमा जात्रा सञ्चालन नगर्ने निर्णय गरेको हो ।

जात्रा हुने चार दिन अगाडि गुठीयारहरुले सानो रथमा त्यहाँका गरगहनाहरु चेक गरी रथारोहण गर्ने गरिएकामा त्यसलाई समेत स्थगन गरिएको छ । चण्डेश्वरी निजी खच्चा गुठीका सदस्य रघुवर प्रधानले बन्दाबन्दीको अवस्थामा जात्रा सञ्चालन गर्न रोक लगाइएको हुनाले यस वर्ष साधारण पूजा ९क्षमापूजा० मात्रै गरी सम्पन्न गर्ने निर्णय गरेको बताउनुभयो ।

अन्य पूजा र जात्रा स्थगन गरिए पनि नियमितरूपमा हुने नित्य पूजा भने सञ्चालन हुने जनाइएको छ ।

प्रकाशित मिति : २१ बैशाख २०७७, आइतबार  १० : ५१ बजे

सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने कुलमानको धारणा

काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङले नारायणी नदीबाट तल्लो तटीय क्षेत्रमा

प्रचण्ड भन्छन् – ‘कम्तीमा एक लाख अट्ने खुला मञ्च नहुनु देशकै लज्जा हो’

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

मधेस प्रदेशसभा : सभामुख पदका लागि नाम दर्ता

धनुषा । मधेस प्रदेशसभाको सभामुख पदका लागि जनता समाजवादी पार्टी

‘जेनजी’ कसैको पेवा हैन, त्यसको नाममा हुने स्टन्ट नगरे हुन्छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

केपीलाई ईश्वरको प्रष्ट सन्देशः ‘विभाजन स्वीकार्य छैन, आत्मसमर्पण पनि हुँदैन’

काठमाडौं । नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीभित्र विभाजन अस्वीकार्य