११ बैशाख २०८१, मंगलबार | April 23, 2024

रुकुम (पूर्व) मा कोरोना परीक्षणमा समस्या



रुकुम । रुकुम (पूर्व) मा कोभिड– १९ को परीक्षणका लागि -यापिड डाइग्नोष्टिक टेष्ट (आरडिटी) किटको अभाव भएको छ । किट पर्याप्त नहुँदा कोरोना परीक्षण दुई सातादेखि रोकिएको छ ।

किट अभावकै कारण जिल्लामा शंकास्पद कोरोना संक्रमितको परीक्षण गर्न समस्या भएको छ । हालसम्म भारतलगायत अन्य मुलुकबाट १६२ नागरिक भित्रिएका छन् । देशका विभिन्न जिल्लाबाट भने एक हजारभन्दा बढी नागरिक भित्रिएका छन् । भित्रिने मानिसको संख्या धेरै भएपछि परीक्षण किट नहुँदा समस्या भएको हो ।

हालसम्म प्रदेश सरकारले कोरोना परीक्षणका लागि १६० मात्रै किट पठाएको छ । ती किटले विदेशबाट आएका १२९ जनाको आरडिटी गरिएकामा सबैको रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख यादवप्रसाद शर्माले बताउनुभयो ।

यहाँका तीनै गाउँपालिकामा कोरोना परीक्षण गरिएको थियो । सिस्ने गाउँपालिकाका १०३, भूमे गाउँपालिकाका १८ र पुथाउत्तरगंगा गाउँपालिकाका आठ जनाको कोरोना परीक्षण गरिएको हो । त्यसमध्ये चार कैदी हुन् । बाँकीको किट अभावकै कारण कोरोना जाँच हुन सकेको छैन ।

हाल जिल्लामा २९ किट बाँकी छन् । ती किटले तत्काल कोही सम्भावित संक्रमित भेटिएमा परीक्षण गर्ने बताइएको छ । किट उपलब्ध गराइदिन प्रदेश सरकारसँग माग गरिएको प्रमुख शर्माले बताउनुभयो ।

प्रकाशित मिति : २१ बैशाख २०७७, आइतबार  १ : २२ बजे

बुटवलमा ३ दिने भलिबल प्रतियोगिता शुरु

बुटवल । बुटवलमा आजदेखि तिन दिने भलिबल प्रतियोगिता शुरु भएको

राष्ट्रिय युवा संघ नेपाल, रुपन्देहीद्वारा रक्तदान कार्यक्रम सम्पन्न

बुटवल । राष्ट्रिय युवा संघ नेपाल, रुपन्देहीको आयोजनामा बुटवलमा रक्तदान

कतारका अमिर शीतल निवासमा, राष्ट्रपति पौडेलसँग भेटवार्ता सुरु

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र कतारका अमिर शेख तमिम

कतारमा पानी निर्यातको अवसर

काठमाडौं । नेपालले पानी निर्यात गरी आर्थिक समृद्धि हासिल गर्नसक्ने