५ पुस २०८२, शनिबार | December 20, 2025

राजनीतिक प्रतिवेदन प्रचण्ड र महासचिव पौडेलले तयार पार्ने सहमति



काठमाडौं । आगामी बैशाख २५ गते बस्ने स्थायी कमिटी बैठकमा छलफलका लागि लैजाने राजनीतिक प्रतिवेदन तयार पार्ने विषयमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच सहमति भएको छ ।

दुई अध्यक्षबीच सोमबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा अध्यक्ष प्रचण्ड र महासचिव विष्णु पौडेलले राजनीतिक प्रतिवेदन तयार गर्ने सहमति भएको हो ।

शनिबार बसेको सचिवालय बैठकको सहमति र भावना अनुसार प्रतिवेदन तयार पारी २४ गते बस्ने सचिवालय बैठकमा पेश हुनेछ । सचिवालय बैठकले सो प्रतिवेदनलाई अनुमोदन गरेपछि २५ गते बस्ने स्थायी कमिटी बैठकमा अध्यक्ष प्रचण्डले पेश गर्नुहुनेछ ।

गत मंसिर ४ गते प्रधानमन्त्री केपी ओलीले पूरै कार्यकाल सरकारको नेतृत्व गर्ने र अध्यक्ष प्रचण्डले कार्यकारी अध्यक्षको हैसियतमा पार्टीको काम सञ्चालन गर्ने निर्णय भएको थियो ।

अध्यक्ष प्रचण्ड र महासचिव पौडेले संयुक्त रुपमा तयार पार्ने प्रतिवेदनमा पार्टीलाई सामुहिक भावनाका साथ अघि बढाउने विषय समेटिने बताइएको छ । पार्टीको निर्देशनमा सरकार संचालन हुने, सरकारले गरेका कामहरुको स्वामित्व पार्टीले लिने, पार्टीलाई एकतावद्ध बनाई समाजवादी बाटोमा अघि बढाउने बाटोबारे पनि राजनीतिक प्रतिवेदनमा उल्लेख गरिने स्रोतले बताएको छ ।

प्रकाशित मिति : २२ बैशाख २०७७, सोमबार  ५ : ०२ बजे

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता