२५ मंसिर २०८२, बिहिबार | December 11, 2025

नेपालगन्जमा थपिए ७ जना संक्रमित, देशभर पुग्यो ८२ जना



नेपालगन्ज । बाँकेको नेपालगञ्जमा सांझ थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएपछि नेपालगन्जको कुल संक्रमितको संख्या २३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बिज्ञप्तीका अनुसार भेरी अस्पतालमा गरिएको परीक्षणमा थप ७ जनामा कोरोना संक्रमण देखिएको हो ।
शुक्रबार मात्र १ जना संक्रमितले खाता खोलेको नेपालगन्जमा आइतबार मध्यान्ह ९ जना र आईतबार नै सांझ ६ जनामा कोरोना संक्रमण पुष्टी भएको थियो । आज बिहान मन्त्रालयले ७ जना थप संक्रमण पुष्टी गरेपछि नेपालगन्जको संख्या २३ पुगेको हो । शुक्रबार नेपालगञ्ज उपमहानगरपालिकाका ६० वर्षका एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

संक्रमित ब्यक्तिको कन्ट्याक ट्रेसिङ गरेर ९० जनाको स्वाब संकलन गरी परीक्षणका लागि प्रयोगशाला लगिएको थियो । तीमध्ये परीक्षण भइसकेको नमुनामा अहिलेसम्म २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो संक्रमितहरुमा ३०, २२ र ४० वर्षका पुरुष तथा ९,३२, ३४ र ५५ बर्षिया महिला रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो सहित देशभर संक्रमितको संख्या ८२ पुगेको छ।
देशभरका संक्रमितमध्ये १६ जना निको भएर घर फर्केका छन्।

प्रकाशित मिति : २३ बैशाख २०७७, मंगलबार  ८ : १४ बजे

पाल्पामा ज्येष्ठ नागरिक स्कुल सञ्चालन

पाल्पा । यहाँको रामपुर नगरपालिका–५, स्थित रामघाटमा ज्येष्ठ नागरिक स्कुल

‘पार्टीमा विद्यमान व्यक्तिवादी चिन्तन अन्त्य गर्न नयाँ नेतृत्व आवश्यक’

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले ११औँ राष्ट्रिय महाधिवेशनबाट पार्टीलाई

प्रधानमन्त्रीसमक्ष जेनजी आन्दोलनको क्षतिसम्बन्धी प्रतिवेदन पेस

काठमाडौँ । जेनजी आन्दोलनमा भएको क्षतिको मूल्याङ्कन तथा सार्वजनिक संरचनाको

चुनाव हुन्छ, सही र सक्षम नेतृत्व छनोट गरौं : मन्त्री घिसिङ

वीरगन्ज । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात