१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

मार्क्स एक हजार वर्षयताकै महान् दार्शनिक : अध्यक्ष प्रचण्ड



काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वहारा वर्गका महान् नेता कार्ल मार्क्सको २०२औँ जन्म दिवसका अवसरमा आज शुुभकामना व्यक्त गर्नुभएको छ ।

अध्यक्ष प्रचण्डले मार्क्स एक हजार वर्षयताकै महान् दार्शनिक रहेको बताउनुहुँदै सर्वहारा वर्गले मात्र होइन, उहाँको दर्शन र प्रतिपादित सिद्धान्तलाई पूँजीवादी दुनियाँले पनि मानेको बताउनुुभएको छ ।

प्रचण्डले दार्शनिक मार्क्सप्रति उच्च सम्मान व्यक्त गर्दै विश्व सर्वहारा वर्ग र उत्पीडित जनसमुदायको मुक्तिका प्रणेताका रूपमा स्मरण गर्नुभएको छ । अध्यक्ष प्रचण्डले २१औँ शताब्दीमा मार्क्सवादको रक्षा, प्रयोग र विकासका लागि विचारको विकास गर्न आवश्यक रहेको स्पष्ट पार्नुभएको छ ।

विश्व महामारीका रूपमा देखिएको कोरोना भाइरसका कारण गरीखाने श्रमजीवी जनसमुदाय सबैभन्दा पीडामा रहेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले उनीहरुको समस्या समाधान गर्न सम्बन्धित सबैमा आग्रह गर्नुुभएको छ । उहाँले मार्क्सको जन्मदिवसका अवसरमा विश्वभरका सम्पूर्ण सर्वहारा जनसमुदायमा सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको कामना पनि गर्नुभएको छ ।

प्रकाशित मिति : २३ बैशाख २०७७, मंगलबार  ५ : ०३ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा