४ पुस २०८२, शुक्रबार | December 20, 2025

लकडाउन जेठ ५ सम्म थप गर्ने मन्त्रिपरिषदको निर्णय



काठमाडौं । काठमाडौं । सरकारले लकडाउनलाई जेठ ५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले बैशाख २५ गतेमध्यरातिसम्म रहेको लकडाउनलाई जेठ ५ गतेसम्म पुर्याउने निर्णय गरेको हो ।

यसअघि मंगलबार बसेको उच्चस्तरिय समन्वय समितिको बैठकले लकडाउन थप्नु पर्ने सुझाव दिएको थियो। प्रधानमन्त्री केपी शर्मा ‌ओलीको उपस्थितिमा बसेको बैठकमा लकडाउनको मोडालिटीबारे प्रस्ताव ल्याइएको थियो। तर प्रधानमन्त्री ओलीले हिजो मंगलवारको बैठकमा भारतमा समेत कोरोना संक्रमण बढिरहेकाले तत्काल खुकुलो पार्न नसकिने बताउनु भएको थियो ।

कोरोनाभाइरसको संक्रमण फैलिन नदिन सरकारले गत चैत ११ गतेदेखि लकडाउन गरेको थियो। पछिल्लो पटक थपिएको लकडाउनको अवधि भोलि सकिँदै थियो। लकडाउनकै अवधिमा नेपालमा कोरोनाको संक्रमण भने बढिरहेको छ। लकडाउन सुरू हुँदा नेपालमा २ जनामात्र कोरोना संक्रमित थिए भने अहिले ८२ जना पुगेका छन्।

प्रकाशित मिति : २४ बैशाख २०७७, बुधबार  १ : ४९ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको