२३ फाल्गुन २०८२, शनिबार | March 7, 2026

लकडाउन जेठ ५ सम्म थप गर्ने मन्त्रिपरिषदको निर्णय



काठमाडौं । काठमाडौं । सरकारले लकडाउनलाई जेठ ५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले बैशाख २५ गतेमध्यरातिसम्म रहेको लकडाउनलाई जेठ ५ गतेसम्म पुर्याउने निर्णय गरेको हो ।

यसअघि मंगलबार बसेको उच्चस्तरिय समन्वय समितिको बैठकले लकडाउन थप्नु पर्ने सुझाव दिएको थियो। प्रधानमन्त्री केपी शर्मा ‌ओलीको उपस्थितिमा बसेको बैठकमा लकडाउनको मोडालिटीबारे प्रस्ताव ल्याइएको थियो। तर प्रधानमन्त्री ओलीले हिजो मंगलवारको बैठकमा भारतमा समेत कोरोना संक्रमण बढिरहेकाले तत्काल खुकुलो पार्न नसकिने बताउनु भएको थियो ।

कोरोनाभाइरसको संक्रमण फैलिन नदिन सरकारले गत चैत ११ गतेदेखि लकडाउन गरेको थियो। पछिल्लो पटक थपिएको लकडाउनको अवधि भोलि सकिँदै थियो। लकडाउनकै अवधिमा नेपालमा कोरोनाको संक्रमण भने बढिरहेको छ। लकडाउन सुरू हुँदा नेपालमा २ जनामात्र कोरोना संक्रमित थिए भने अहिले ८२ जना पुगेका छन्।

प्रकाशित मिति : २४ बैशाख २०७७, बुधबार  १ : ४९ बजे

बागलुङ-२ मा रास्वपाका सोम शर्मा विजयी

बागलुङ । बागलुङ क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका

रुपन्देही–३ मा रास्वपाका लेखजङ्ग थापा निर्वाचित

भैरहवा । रुपन्देही जिल्लाको ३ नम्बर निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र

एमालेको नीति, नेतृत्व, संगठन र कार्यशैलीलाई पुनर्गठन गर्न अग्रसरता लिन्छु : विष्णु पौडेल

बुटवल । नेकपा (एमाले)का उपाध्यक्ष तथा रुपन्देही क्षेत्र नम्बर २

नेमकिपाको किल्ला भत्काउँदै भक्तपुर-१ मा रास्वपा विजयी

भक्तपुर । भक्तपुर क्षेत्र नम्बर १ मा नेपाल मजदुर किसान

प्रतिनिधिसभा सदस्य निर्वाचन : समानुपातिकतर्फ रास्वपा अगाडि

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फको जारी मतगणनामा