१५ श्रावण २०८३, शुक्रबार | July 31, 2026

गुल्मी-२ मा एमालेका गोकर्ण विष्टको झिनो अग्रता, रास्वपाका गोविन्द पन्थी नजिकै



गुल्मी । गुल्मी निर्वाचन क्षेत्र नम्बर २ मा जारी प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनामा नेकपा एमालेका उम्मेदवार गोकर्ण विष्ट झिनो अग्रतासहित अघि रहेका छन् ।

पछिल्लो विवरणअनुसार मुसिकोट नगरपालिका, इस्मा गाउँपालिका, धुर्कोट गाउँपालिका र मदाने गाउँपालिका तथा मालिका गाउँपालिकाका वडा नम्बर १ देखि ६ सम्मको मतगणना सकिँदा एमालेका विष्टले १४ हजार २३४ मत प्राप्त गरेका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार गोविन्द पन्थीले १४ हजार मत प्राप्त गर्दै कडा प्रतिस्पर्धा दिइरहेका छन् ।

त्यस्तै नेपाली काँग्रेसका उम्मेदवार भुवन प्रसाद श्रेष्ठले ११ हजार ३१४ मत प्राप्त गरेका छन् भने नेपाल कम्युनिस्ट पार्टीका उम्मेदवार श्रीराम महतले २ हजार ८०९ मत प्राप्त गरेका छन् ।

हालसम्मको मत परिणाम अनुसार एमालेका गोकर्ण विष्टले रास्वपाका गोविन्द पन्थीलाई २३४ मतले पछि पार्दै अग्रता कायम गरेका छन् । बाँकी क्षेत्रको मतगणना जारी रहेकाले अन्तिम परिणामका लागि केही समय लाग्ने जनाइएको छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०८२, शनिबार  ७ : ५३ बजे

सामुदायिक वनबाट २१ थान भरूवा बन्दुक बरामद

काठमाडौँ । दाङका विभिन्न सामुदायिक वनबाट २१ थान भरूवा बन्दुक

बाँकेका दलहरुले गरे शान्ति, सद्भाव, सामाजिक एकता कायम गर्न अपिल

नेपालगन्ज । सुनसरीको देवानगन्ज-३ कप्तानगन्जमा भएको घटनापछि उत्पन्न परिस्थितिलाई ध्यान

राष्ट्रपति पौडेलद्वारा प्रथमराष्ट्रपति यादव र उपराष्ट्रपति झासँग छलफल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगन्ज गाउँपालिकाको कप्तानगन्जसहित तराई(मधेसका

तराई-मधेशका हिंसात्मक घटनामा उच्चस्तरीय छानबिन आयोग गठन गर्न नेकपाको माग

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले सुनसरी, सिरहालगायत तराई-मधेशका विभिन्न

भैरहवाबाट ठुलो परिमाणको भारतीय नक्कली नोट सहित २ जना पक्राउ

बुटवल । रुपन्देहीको भैरहवाबाट ठुलो परिणाममा नक्कली भारतीय नोट सहित