१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

नेपालगन्जस्थित सेना र प्रहरीका अस्पताललाई कोरोना विशेष अस्पताल बनाईंदै



बुटवल । नेपालगन्जस्थित नेपाली सेना र प्रहरीका अस्पताललाई कोरोना भाइरसका संक्रमितको उपचार विशेष अस्पतालको रुपमा प्रयोग गरिनेभएको छ ।

५ नं. प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल संयोजकत्वमा रहेको ‘क्राइसिस म्यानेजमेन्ट सेन्टर’ ले नेपालगन्जस्थित सेना र प्रहरीका अस्पतालहरूलाई कोरोना विशेष अस्पतालको रुपमा प्रयोग गर्ने निर्णय गरेको हो । बैठकले कोरोना विशेष अस्पतालका लागि आवश्यक सबै खर्च कोरोना भाइरस रोकथाम तथा उपचार कोषबाट गर्ने र त्यसको व्यवस्था मन्त्रालयले मिलाउने निर्णय गरेको छ ।

नेपालगन्जमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि त्यहीँ अलग्गै अस्पतालको आवश्यकता महशुस गरिएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले जानकारी दिनुभयो । बैठकले प्रदेशभर परीक्षणको दायरा बढाउँने पनि निर्णय गरेको छ । यसका लागि आवश्यक किट, स्वास्थ्य सामग्री, पर्सनल सेक्युरिटी इक्विपमेन्ट तथा औषधि उपलब्ध गराउन सामाजिक विकास मन्त्रालयले संयोजन गर्ने छ ।

यस्तै, भारतबाट आएकाहरुलाई सिधै आइसोलेशनमा राखी स्वाब संकलनको व्यवस्था मिलाउने र रिपोर्ट पोजिटिभ देखिए कोरोना विशेष अस्पतालमा पुर्याउने निर्णय गरिएको केसीले बताउनुभयो । यस्तै, रूपन्देही, कपिलवस्तु र बाँकेमा थप तीन हजार क्वारेन्टाइन बेड व्यवस्था गरिने भएको छ ।

भारतबाट कसैलाई पनि नेपाल छिर्न नदिन थप सुरक्षाकर्मी परिचालन गरिने पनि निर्णय भएको छ । सीमाक्षेत्रको सुरक्षासम्बन्धी जनशक्ति, आवश्यक सामग्री र आवासलगायत समस्याबारे आन्तरिक मामिला तथा कानुन मन्त्रालयले गृहमन्त्रालयसँग समन्वय गरी कार्ययोजना तयार गर्ने जनाइएको छ ।

यस्तै, स्थानीय श्रमिक प्रयोग गरी सञ्चालन गर्न सकिने निर्माण र उत्पादनसँग सम्वन्धित कार्य सञ्चालनका लागि प्रमुख जिल्ला अधिकारीले सहजीकरण गर्ने जनाउँदै बैठकले विकासनिर्माणसँग सम्बन्धित कामका सामग्रीको ढुवानी व्यवस्थाका लागि समेत प्रजिअले सहजीकरण गर्ने बताएको छ ।

अदक्ष र अर्धदक्ष कामदारका हकमा सम्बन्धित पालिकाभित्रका श्रमिकलाई उपयोग गर्ने, दक्ष कामदारका हकमा प्रदेशभित्रबाट उपलब्ध गराउन सकिने र त्यसका लागि पालिकाको सिफारिसमा प्रजिअले अनुमति दिने बैठकले जनाएको छ ।

प्रकाशित मिति : २४ बैशाख २०७७, बुधबार  २ : ३२ बजे

आयोगद्वारा निर्वाचनमा समावेशिता र सुशासन सुनिश्चित गर्न दललाई निर्देशन

काठमाडौँ । निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा

विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग

काठमाडौँ । उज्यालो नेपाल पार्टीले विदेश तथा आफ्नो निर्वाचन क्षेत्र

जनकपुरलाई चार विकेटले हराउँदै लुम्बिनी लायन्स एनपीएलको प्लेअफमा प्रवेश

काठमाडौं । साविक विजेता जनकपुर बोल्ट्सलाई चार विकेटले हराउँदै लुम्बिनी

चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन्

बुटवल । रुपन्देहीको बुटवलमा भएको जिल्लास्तरीय चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवाद

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज