४ पुस २०८२, शुक्रबार | December 19, 2025

ओहो ! आज फेरि थपिए १७ जना, संक्रमित मध्ये एक दुई महिनाका शिशु



काठमाडौं । नेपालमा थप १७ जना व्यक्तिमा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार गरेको नियमित पत्रकार सम्मेलनमा १७ जना संक्रमित थपिएको जानकारी गराइएको हो ।

१७ जनामध्ये एक जना दुई महिनाका शिशु रहेका छ्न । पर्साका १७ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभयो । संक्रमित मध्ये १० जना पुरुष र ७ जना महिला रहेको डा. देवकोटाले बताउनुभयो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा रिपोर्ट पोजेटिभ आएको हो। प्रवक्ता डा. विकास देवकोटाले दुई महिनादेखि ६६ वर्षसम्मको उमेर समूहका रहेको जानकारी दिनुभयो ।

यससँगै कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ९९ पुगेको छ ।

यसैगरी, बैशाख ११ र १४ गते उपचारपछि निको भएर डिस्चार्ज भएका ३ जनामा पुनः परीक्षण गर्दा पोजेटिभ देखिएको छ । उनीहरुलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ । मन्त्रालयका अनुसार कोशी अस्पतालमा उपचाररत ६ जना निको भएर घर फर्किएका छन् । अहिले उपत्यकामा ७ र बाहिर १ सय २९ गरी १ सय ३६ जना संकास्पद व्यक्ति आइसोलेसनमा उपचाररत रहेका छन । देशभरी १९ हजार ७ सय ३४ जना क्वारेन्टाइनमा रहेका छन् ।

मन्त्रालय प्रवक्ता डा. विकास देवकोटाका अनुसार अहिलेसम्म पिसिआर विधिबाट १४ हजार ९६ परीक्षण भएको छ । यस्तै आरडिटी विधिबाट ५२ हजार ९ सय ७० जनाको परीक्षण भएको छ । पछिल्लो २४ घण्टामा भने ९ सय ९१ जनाको मात्रै परीक्षण भएको छ ।

प्रकाशित मिति : २४ बैशाख २०७७, बुधबार  ४ : ३४ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको