४ पुस २०८२, शुक्रबार | December 20, 2025

वीरगन्जका १७ जना संक्रमित एकै परिवारका



वीरगन्ज । बुधबार संक्रमित पुष्टि भएका वीरगन्जका १७ जना व्यक्ति एकै परिवारका भएको थाहा भएको छ ।

गत साता वीरगंज–३ छपकैयाका ३६ वर्षीय स्थानीय युवामा कोरोना संक्रमण भएको थियो।

उनको कन्ट्रयाक्ट ट्रेसिङको क्रममा परिवारका सदस्यहरुको स्वाब चेकजाँच गर्दा कोरोना पोजेटिभ देखिएको नारायणी अस्पताल वीरगन्जले पुष्टि गरेको छ ।

बुधवार भेटिएको १७ जना नयाँ संक्रमित निजकै कन्ट्रयाक्ट ट्रयासिङको परिमाण भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायले बताउनुभयो ।

संक्रमित मध्ये एक दुई महिनाका नाबालक छन् भने ६६ वर्षीय वृद्ध पनि रहेका छ्न ।

संक्रमित सबैलाई अस्पताल ल्याउने तयारी भैरहेको डा. उपाध्यायले जानकारी दिनुभयो । यसअघि भेटिएका संक्रमित युवा स्थानीय वडा स्तरीय राहत वितरण गर्ने सर्वदलीय समितिका प्रतिनिधि हुन्।

संक्रमितहरुको घर पहिलेदेखि नै सिल गरिएको छ । यसैले स्थानीय बासिन्दालाई नआत्तिन तर सचेत बन्न प्रहरीले आग्रह गरेको छ ।

प्रकाशित मिति : २४ बैशाख २०७७, बुधबार  ५ : ५७ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको