५ पुस २०८२, शनिबार | December 20, 2025

कोरोना अपडेट : मृत्यु हुनेको संख्या २ लाख ७० हजार ७ सय २० पुग्यो



काठमाडौ । विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ लाख ७० हजार ७ सय २० पुगेको छ । बितेको २४ घण्टामा ६ हजार ५६ जनाको मृत्यु भएको छ ।

शुक्रबार बिहानसम्ममा ३९ लाख १६ हजार ८५५ जनामा कोरोनाको संक्रमण देखिएको छ । एकैदिन ९५ हजार ४४ जना नयाँ संक्रमित थपिएका छन् ।

संक्रमितमध्ये १३ लाख ४२ हजार १६८ जना उपचारपछि निको भएका छन् । बिरामी रहेका २३ लाख ४ हजार ३६ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उपचाररत मध्ये ४८ हजार ९५८ जनाको अवस्था गम्भीर छ ।

आज सबैभन्दा धेरै अमेरिकामा १ हजार ४ सय ९१ जनाको मृत्यु भएको छ । स्पेनमा २ सय १३, इटलीमा २ सय ७४, बेलायतमा ५ सय ३९, रसियामा ८८, फ्रान्समा १ सय ७८ र जर्मनीमा ६७ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : २६ बैशाख २०७७, शुक्रबार  ९ : ०४ बजे

सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने कुलमानको धारणा

काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङले नारायणी नदीबाट तल्लो तटीय क्षेत्रमा

प्रचण्ड भन्छन् – ‘कम्तीमा एक लाख अट्ने खुला मञ्च नहुनु देशकै लज्जा हो’

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

मधेस प्रदेशसभा : सभामुख पदका लागि नाम दर्ता

धनुषा । मधेस प्रदेशसभाको सभामुख पदका लागि जनता समाजवादी पार्टी

‘जेनजी’ कसैको पेवा हैन, त्यसको नाममा हुने स्टन्ट नगरे हुन्छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

केपीलाई ईश्वरको प्रष्ट सन्देशः ‘विभाजन स्वीकार्य छैन, आत्मसमर्पण पनि हुँदैन’

काठमाडौं । नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीभित्र विभाजन अस्वीकार्य