१२ श्रावण २०८१, शनिबार | July 27, 2024

लकडाउनको समयमा ठेकेदारको ठगी



बर्दिया । लकडाउनको समयमा यतीबेला सबै जनता आ आफ्नो घरमा बसिरहेका छन् । भने स्थानीय तह प्रहरी र प्रशासन लकडाउन कडा रुपमा लागु गर्ने, जिल्ला भन्दा बाहिरबाट आएकाहरुलाई क्वारेन्टाईनमा राख्न नै व्यस्त रहेका छन् । तर अत्यावश्यक काम भनेर लकडाउनको पालन गर्दै कार्य थालनि गरेका निर्माण कम्पनीहरुले गुणस्तरहिन काम गर्न तछाड मछाड गरीरहेका छन् ।

बर्दियाको गुलरिया नगरपालिका वडा नं २ पण्डिपुर स्थित बबई नदिको ड्याम निर्माणका क्रममा कम्पनीले गुणस्तर हिन काम गरेपछि स्थानीयले काम गर्न अवरोध गरेका छन् । ड्याम निर्माण माटोले गर्नुपर्ने भएपनि नदिको विचबाट वालुवा ल्याएर निर्माण गर्न लागेपछि स्थानीयले काम रोकेका हुन् ।

गरेका बबई भादा औराही नदि व्यवस्थापन आयोजना अन्र्तगतको काम कालिका गजुरमुखि जे भिले निर्माणको जिम्मा लिएको छ । निर्माण कम्पनीले तटबन्ध निर्माण सँग सँगै नदिमा ड्याम निर्माणको काम गर्दै आएको छ । लकडाउन भन्दा अगाडी सन्तोषजनक काम गर्दै आएपनि लकडाउनको समय पारेर नदिबाट शुद्ध बालुवा उठाएर ड्याममा हाल्न लागेको स्थानीयबासी कुलप्रसाद सुवेदीले बताए । बालुवाले निर्माण गरेको ड्याम बर्षातको पानिले नै बगाउने बताउँदै बाढि आउँदा सिधै ड्याम खोलेर गाउँमा पस्न सक्ने उनले बताए ।

हाल गुणस्तरहिन ड्याम बनाईरहेको ठाउँबाट गत २०७१ साल र २०७४ सालमा गुलरिया नगरपालिकामा बाढि पसेको थियो । पुरानो सर्जु नदिको मुहानमा नै बाँध कमसल बनाएको हुनाले स्थानीयहरुले काममा अवरोध गरेको गुलरिया नगरपालिका वडा नं २ का वडाध्यक्ष टंकप्रसाद अधिकारीले बताए । उनले भने –‘हामी सबै जनप्रतिनीधिहरु कोरोना संकटबाट बचाउन व्यस्त भएको बेलामा निर्माण कम्पनीले नदिको विचबाट बालुवा ल्याएर ड्याम बनाएको बताए ।

कर्मचारी र निर्माण कम्पनीको मिलो मतोमा यस्तो काम भएको उनको आरोप छ । गुलरिया नगरपालिकाका वडा नं ४ का वडाध्यक्ष रामबहादुर रावलले सरकारले जनताको सुरक्षाको लागि ठुलो रकम खर्च गरेको भएपनि निर्माण कम्पनीले ठगठाग गरेर पैसा कमाउने प्रयास गरेको बताए । उनले भने –‘पुरै गुलरिया नगरपालिकाको भविष्यको सवाल छ । यसरी हामीले काम सञ्चालन गर्न दिँदैनौँ । कम्प्रेसन नै गर्न नमिल्ने गरी बालुवा थुपारेर माथिबाट माटोले पुर्नु गलत हो ।

गुलरिया नगरपालिकाका नगरप्रमुख मुक्तीनाथ यादवले निर्माण कम्पनीको कामबाट सन्तुष्ट नभएको बताए । उनले भने ठेगेदारको ठगठाग गर्ने कामलाई हामी मान्यता दिँदैनौँ काम राम्रो हुन पर्यो । उनले भोली देखि नै नगरपालिकाको प्राविधिकलाई नै खटाएर ड्यामको कामको निरिक्षण गर्न लगाउने उनको भनाई छ । नगरप्रमुख यादवले बबई भादा अ‍ैोराही नदि व्यवस्थापन आयोजनालाई तत्काल काम रोकेर ड्याममा हालिएको सम्पुर्ण बालुवा हटाएपछि मात्र काम सुचारु गर्न दिएका छन् ।

बबई भादा औराही नदि व्यवस्थापन आयोजनाका निमित्त प्रमुख कविन्द्र रावलले हाललाई काम बन्द गराईएको बताए । उनले स्थानीयले उठाएको आवाज जायज भएको बताउँदै फिल्डमा गलत कार्य भएको स्विकार गरे । निर्माण कम्पनीका जिम्मेवार व्यक्ती खबर गरीएको उनीहरु आएपछि छलफल गरेर मात्र काम सुरु गरीने निमित्त प्रमुख रावलले बताए ।

बबई भादा र औराही नदि व्यवस्थापनका लागि आयोजनाले आर्थिकबर्ष २०७४/०७५ देखि काम सुरु गरेको थियो । बबई नदिको व्यवस्थापनका लागि मात्र तिन अर्ब ९२ करोड १७ लाख बजेट लाग्ने अनुमान गरीएको छ ।

हाल सम्म करिब एक अर्ब ५२ करोड ५२ लाख रकम खर्च भएको आयोजनाले जनाएको छ । हाल सम्म चार हजार पाँच सय मिटर तटबन्ध निर्माण भएको छ भने रिवेटमेन्ट र लन्चिङ्ग एप्रोन ५ हजार २ सय मिटर र एक सय २५ थान स्पर निर्माण भएको आयोजनाले जनाएको छ ।

प्रकाशित मिति : २६ बैशाख २०७७, शुक्रबार  १ : २८ बजे

हिलटन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा आजदेखि सञ्चालनमा आएको

ब्रिटिस कलेजका एसीसीए विद्यार्थी फेरि विश्व टपरको दर्जामा पर्न सफल

काठमाडौ। द ब्रिटिस कलेजको एसीसीए शैक्षिक कार्यक्रममा अध्ययरत विद्यार्थी स्यान्ड्रा

ग्लोबल आइएमई बैंक र शशिला मोटर्सबिच विद्युतीय सवारी कर्जा प्रवाहसम्बन्धी सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र शशिला मोटर्सबिच सहजरुपमा

काठमाडौँ उपत्यकाका पालिकाहरुमा आइतबार शोक बिदा

काठमाडौं । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह

नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सम्झौता

काठमाडौं । नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सेवा प्रदान