६ श्रावण २०८३, बुधबार | July 22, 2026

लकडाउनको समयमा ठेकेदारको ठगी



बर्दिया । लकडाउनको समयमा यतीबेला सबै जनता आ आफ्नो घरमा बसिरहेका छन् । भने स्थानीय तह प्रहरी र प्रशासन लकडाउन कडा रुपमा लागु गर्ने, जिल्ला भन्दा बाहिरबाट आएकाहरुलाई क्वारेन्टाईनमा राख्न नै व्यस्त रहेका छन् । तर अत्यावश्यक काम भनेर लकडाउनको पालन गर्दै कार्य थालनि गरेका निर्माण कम्पनीहरुले गुणस्तरहिन काम गर्न तछाड मछाड गरीरहेका छन् ।

बर्दियाको गुलरिया नगरपालिका वडा नं २ पण्डिपुर स्थित बबई नदिको ड्याम निर्माणका क्रममा कम्पनीले गुणस्तर हिन काम गरेपछि स्थानीयले काम गर्न अवरोध गरेका छन् । ड्याम निर्माण माटोले गर्नुपर्ने भएपनि नदिको विचबाट वालुवा ल्याएर निर्माण गर्न लागेपछि स्थानीयले काम रोकेका हुन् ।

गरेका बबई भादा औराही नदि व्यवस्थापन आयोजना अन्र्तगतको काम कालिका गजुरमुखि जे भिले निर्माणको जिम्मा लिएको छ । निर्माण कम्पनीले तटबन्ध निर्माण सँग सँगै नदिमा ड्याम निर्माणको काम गर्दै आएको छ । लकडाउन भन्दा अगाडी सन्तोषजनक काम गर्दै आएपनि लकडाउनको समय पारेर नदिबाट शुद्ध बालुवा उठाएर ड्याममा हाल्न लागेको स्थानीयबासी कुलप्रसाद सुवेदीले बताए । बालुवाले निर्माण गरेको ड्याम बर्षातको पानिले नै बगाउने बताउँदै बाढि आउँदा सिधै ड्याम खोलेर गाउँमा पस्न सक्ने उनले बताए ।

हाल गुणस्तरहिन ड्याम बनाईरहेको ठाउँबाट गत २०७१ साल र २०७४ सालमा गुलरिया नगरपालिकामा बाढि पसेको थियो । पुरानो सर्जु नदिको मुहानमा नै बाँध कमसल बनाएको हुनाले स्थानीयहरुले काममा अवरोध गरेको गुलरिया नगरपालिका वडा नं २ का वडाध्यक्ष टंकप्रसाद अधिकारीले बताए । उनले भने –‘हामी सबै जनप्रतिनीधिहरु कोरोना संकटबाट बचाउन व्यस्त भएको बेलामा निर्माण कम्पनीले नदिको विचबाट बालुवा ल्याएर ड्याम बनाएको बताए ।

कर्मचारी र निर्माण कम्पनीको मिलो मतोमा यस्तो काम भएको उनको आरोप छ । गुलरिया नगरपालिकाका वडा नं ४ का वडाध्यक्ष रामबहादुर रावलले सरकारले जनताको सुरक्षाको लागि ठुलो रकम खर्च गरेको भएपनि निर्माण कम्पनीले ठगठाग गरेर पैसा कमाउने प्रयास गरेको बताए । उनले भने –‘पुरै गुलरिया नगरपालिकाको भविष्यको सवाल छ । यसरी हामीले काम सञ्चालन गर्न दिँदैनौँ । कम्प्रेसन नै गर्न नमिल्ने गरी बालुवा थुपारेर माथिबाट माटोले पुर्नु गलत हो ।

गुलरिया नगरपालिकाका नगरप्रमुख मुक्तीनाथ यादवले निर्माण कम्पनीको कामबाट सन्तुष्ट नभएको बताए । उनले भने ठेगेदारको ठगठाग गर्ने कामलाई हामी मान्यता दिँदैनौँ काम राम्रो हुन पर्यो । उनले भोली देखि नै नगरपालिकाको प्राविधिकलाई नै खटाएर ड्यामको कामको निरिक्षण गर्न लगाउने उनको भनाई छ । नगरप्रमुख यादवले बबई भादा अ‍ैोराही नदि व्यवस्थापन आयोजनालाई तत्काल काम रोकेर ड्याममा हालिएको सम्पुर्ण बालुवा हटाएपछि मात्र काम सुचारु गर्न दिएका छन् ।

बबई भादा औराही नदि व्यवस्थापन आयोजनाका निमित्त प्रमुख कविन्द्र रावलले हाललाई काम बन्द गराईएको बताए । उनले स्थानीयले उठाएको आवाज जायज भएको बताउँदै फिल्डमा गलत कार्य भएको स्विकार गरे । निर्माण कम्पनीका जिम्मेवार व्यक्ती खबर गरीएको उनीहरु आएपछि छलफल गरेर मात्र काम सुरु गरीने निमित्त प्रमुख रावलले बताए ।

बबई भादा र औराही नदि व्यवस्थापनका लागि आयोजनाले आर्थिकबर्ष २०७४/०७५ देखि काम सुरु गरेको थियो । बबई नदिको व्यवस्थापनका लागि मात्र तिन अर्ब ९२ करोड १७ लाख बजेट लाग्ने अनुमान गरीएको छ ।

हाल सम्म करिब एक अर्ब ५२ करोड ५२ लाख रकम खर्च भएको आयोजनाले जनाएको छ । हाल सम्म चार हजार पाँच सय मिटर तटबन्ध निर्माण भएको छ भने रिवेटमेन्ट र लन्चिङ्ग एप्रोन ५ हजार २ सय मिटर र एक सय २५ थान स्पर निर्माण भएको आयोजनाले जनाएको छ ।

प्रकाशित मिति : २६ बैशाख २०७७, शुक्रबार  १ : २८ बजे

प्रधानमन्त्री शाहले आज हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज नेपाल हस्तकला महासङ्घका प्रतिनिधिहरूसँग

एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारमा रहेको अधिक तरलता व्यवस्थापन

सुनचाँदीको मूल्य वृद्धि

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य वृद्धि भएको छ

पहिरो खस्दा आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने

काठमाडौं । अविरल वर्षा, पहिरो र बाढीको जोखिमका कारण देशका

अण्डाको मूल्य बढ्यो, अझै किसानले लागत मूल्य पाएनन्

चितवन । ‘बर्डफ्लु’को प्रभावका कारण गिरावट आएकोे अण्डाको मूल्य बढ्न