२२ फाल्गुन २०८२, शुक्रबार | March 7, 2026

सरकार मानवता विरुद्धको अपराधमा केन्द्रीत : राजेन्द्र महतो



काठमाण्डौ । जनता समाजवादी पार्टी नेपालका नेता राजेन्द्र महतोले सरकार मानवता विरुद्धको अपराधमा केन्द्रीत भएको आरोप लगाउनुभएको छ ।

प्रतिनिधिसभा बैठकमा बोल्दै नेपाल महतोले कोरोना संक्रमणबाट नेपालीको रक्षा गर्नुको सट्टा सरकार मानवता विरुद्धको अपरामा लागेको आरोप लगाउनुभयो । महामारीका समयमा जनताको जीवनरक्षाका लागि सारा उर्जा लगाउनुपर्नेमा सरकार पद बचाउनका लागि रातरात अध्यादेश ल्याउन र दल विभाजनका तर्फ लागेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘जनताको जीवनरक्षा कता हो कता, जनताले राहत र उपचार पाउनु त कता हो कता यहाँ त मावता विरुद्धको अपराध गर्न सरकार लागेको छ । पद पाउन र पद बचाउनका लागि अध्यादेश रातरात अध्यादेश ल्याइरहेको छ । पार्टी विभाजनका लागि लागेको छ । यो महामारीको बेलामा जनता जोगाउनुपर्ने सारा उर्जा त्यसमा लगाउनुपर्नेमा सरकार के गरिरहेको छ । के हो यो ?’’

महामारीबाट पीडित जनताले उपचार र खाना नभएको उल्लेख गर्दै महतोले सरकार लोकतन्त्रलाई कमजोर पार्न र सांसद अपहरणको धन्दामा लागेको आरोप लगाउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘रातरात ल्याइएको अध्यादेशले पार्टीलाई बलिायो बनाउँछ ? लोकतन्त्रलाई बलिायो बनाउँछ ? जनता महामारीबाट पीडित छन् । खाना पाएको छैन । उपचार पाएको छैन् । स्वास्थकर्मीले सुरक्षा उपकरण पाएका छैनन् । यहाँ त अर्कै धन्दा भइरहेको छ । सरकार अर्को धन्दामा लागेको छ । पार्टी फोड्ने, सांसद चोर्ने यो धन्दाले जनताको पीडा कम हुन्छ ? सांसद अपहरण गर्ने डराउने ?’’

जनताले आफ्नो जीनको रक्षा गर्न र समस्याबाट राहत पाउनका लागि दुई तिहाइ दिएपनि सरकारले नबुझेको उहाँले बताउनुभयो । नेता महतोले दुई तिहाइको सरकारले दुई कौडीको काम समेत गर्न नसकेको उहाँको भनाई छ । उहाले भन्नुभयो, ‘‘दुई तिहाइको सरकारले दुई कौडीको काम गर्न सकेको छैन् । जनता पीडामा रहेको बेला काम नगरेपछि के भन्ने ?’’

सरकारले पर्याप्त मात्रामा परीक्षण गर्न नसकेको पनि उहाँले बताउनुभएको छ । एक सयजना संक्रमित छन् भनेर सरकार ढुक्कसँग भनिरहेको भन्दै उहाँले ‘सरकारले कोरोना सय नाघेको छैन भन्दैछ । कति जाँच ग¥यौ र अनि कोरोना छैन’, भन्दै आक्रोश व्यक्त गर्नुभयो ।

‘‘जाँच नगर्ने, कछुवाको गतिमा कोरोनाको टेष्ट गर्ने ? व्यापक रुपमा परीक्षण हुनुप¥यो । हामी सांसदले हिजो परीक्षण ग¥यौँ । कुनै सांसदमा निस्केन रे । जनताको चाँडै नगर्ने त्यो हामी निर्वाचन क्षेत्रमा जाँदा कोरोना बाँड्ने ? जाँच त हुनुप¥यो नी सरकारले गर्नुपर्ने काम गरिरहेको छैन्’’, उहाँले भन्नुभयो ।

प्रकाशित मिति : २६ बैशाख २०७७, शुक्रबार  ६ : ३५ बजे

म्याग्दीमा स्वतन्त्र उम्मेदवार महाविर पुन आठ हजार मतान्तरले अगाडी

म्याग्दी । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा म्याग्दीका स्वतन्त्र उम्मेदवार

काठमाडौ १० मा रास्वपाका विष्ट विजयी

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौं निर्वाचन क्षेत्र नं १०

झापा-५ मा बालेन शाहको फराकिलो अग्रता, ओली धेरै पछि

झापा । झापा निर्वाचन क्षेत्र नम्बर ५ मा जारी मतगणनाको

कालिकोटमा नेकपाका महेन्द्रबहादुर शाही निर्वाचित

कालिकोट । प्रतिनिधि सभाको निर्वाचनमा कालिकोटबाट नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का

नयाँ र पुराना दलको संरक्षक भएर काम गर्छु : संयोजक प्रचण्ड

रुकुम पूर्व । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं रुकुम पूर्वबाट